२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा आइपुग्यो कोरोना भ्याक्सिनको ११ हजार डोज

कर्णालीमा आइपुग्यो कोरोना भ्याक्सिनको ११ हजार डोज

स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता


जुम्ला – कर्णाली प्रदेशका लागि ११ हजार ७ सय ८० डोज कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ आइपुगेको छ । भारतले नेपाललाई दिएको १० लाख डोज खोपमध्येबाट मागका आधारमा ११ हजार ७ सय ८० डोज कर्णाली प्रदेशका लागि छुट्याइएको हो ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक डा रविन खड्काले प्रदेशका खोप आइपुगेको जानकारी दिए । उनका अनुसार  खोप कार्यान्वयनमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य सम्बद्ध निकायबीचको सम्वन्यमा खोप पठाएको हो । अहिले खोप कर्णाली प्रदेशको नेपालगन्जमा रहेको मेडिकल स्टोरमा राखिएको छ ।

‘मंगलबारदेखि कर्णालीका १० जिल्लामा पठाइने तयारी गरिएको छ, ‘निर्देशक डा. खड्काले भने, ‘पहिलो चरणमा फन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स तथा शवबहान चालक, सरसफाईका क्षेत्रमा काम गर्ने कर्मचारीलाई खोप लगाउने तयारी गरिएको छ । ‘

जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार जुम्लामा पनि तीन हजार खोपको डोज मंगलबार आइपुग्ने छ । खोप आइपुगेको १-२ दिनमा खोप लगाउने तयारी गरिएको उनले बताए । पहिलो चरणमा अंग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई नै कोरोना खोप लगाउने तयारी गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ