२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश – ३ दिनको अवधिमा ३१ सयले लगाए कोभिड खोप

कर्णाली प्रदेश – ३ दिनको अवधिमा ३१ सयले लगाए कोभिड खोप


सुर्खेत – कर्णालीका ३१ सय ४१ बढीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । बुधवारदेखि सुरू गरिएको खोप अभियान अन्र्तगत तीन दिनको अवधिमा कर्णाली प्रदेशका ३१ सय ४१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले खोप लगाएका हुन् ।

जसमा तीन दिनको अवधिमा खोप लगाएकामध्ये २४ जनामा सामान्य र एक जनामा गम्भिर असर देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत नोदनारायण चौधरीले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा १२ वटा खोप केन्द्र तोकिएको छ । १० वटा जिल्लाका १२ वटै खोप केन्द्रबाट हाल खोप लगाउने कार्य जारी रहेको उनको भनाइ छ ।

खोप अभियानको पहिलो दिन (बुधबार) ७ सय ७५, दोस्रो दिन (विहिबार) ९ सय २३ र तेस्रोदिन (शुक्रबार) १४ सय ४३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले खोप लगाएका हुन् ।

खोप लगाएको आधा घन्टाभित्र कसैकसैमा टाउको दुख्ने, रिंगाटा लाग्ने, वाकवाकी आउने र कमजोर महशुस हुनेजस्ता समस्या देखिने गरेको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डाक्टर रबिन खड्काले बताए । भ्याक्सिन लगाएपछि सामान्य समस्या आउनसक्ने भएकाले नआत्तिन डाक्टर खड्काले सुझाव छ ।

सरकारले सुरूमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र त्यसपछि प्राथमिकताको आधारमा अन्य नागरिकलाई पनि निशुल्क खोप लगाउने बताएको छ । सोहीअनुसार कोरोना विरुद्धको खोप पहिलो चरणमा कर्णालीका स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी र एम्बुलेन्स तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्वयंसेवक, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाई कार्यमा संलग्न व्यक्तिहरूलाई लगाउन सुरू गरिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ