२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा ८५८ जनाले लगाए कोरोनाविरुद्धको खोप

जुम्लामा ८५८ जनाले लगाए कोरोनाविरुद्धको खोप


जुम्ला – जुम्लामा ८ सय ५८ जनालाई कोरोनविरुद्धको खोप लगाइएको छ ।  जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार १४ माघदेखि १८ गतेसम्म यहाँका ८ वटै स्थानीय तहमा पुगेर कोरोनाविरुद्ध खोप लगाएको हो ।

यहाँका स्थानीय तहमा खोप केन्द्र स्थापना गरी कोरोनाविरुद्धको खोप लगाइएको हो । चन्दननाथ ३१६, तातोपानी ६८, हिमा ६७, सिजा ६३, कनकासुन्दरी १०९ र गुठीचौरमा गरेर ६९ जनाले खोप लगाएका छन् ।

हिमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक रतन रावतका अनुसार एक जना महिला स्वयम्सेविकालाई कोरोना विरुद्धको खोपपछि गम्भीर प्रकृति लक्षण देखिएको छ । टाउँको दुख्ने, ज्वरो आउने, बान्ता हुने लक्षण देखिएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लमा पठाएको उनले बताए ।

त्यस्तै, कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा संयोजक विरेन्द्र उपाध्यायका अनुसार कोरोना विरुद्धको खोपपछि सामान्य लक्षण देखिने गरेको छ । उनले भने,  ‘म आफैलाई पनि सामान्य लक्षण देखियो । ज्वरो आउने, शरिर दुख्ने, कपाल दुख्ने जस्ता लक्षण देखिए ।’

जुम्लामा ११ हजार २ सय ६५ जनाको कोरोना आरटीपीसीआर परीक्षण भएको छ । जसमध्ये ४ सय ६७ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टी भएको ४६२ जनालाई निको भईरहेको र अझैँ ५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका कम्प्यूटर अपरेटर हरिकृष्ण महतले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ