२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनबाट पूर्णतया नन कोभिड सेवा सुचारू

राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनबाट पूर्णतया नन कोभिड सेवा सुचारू


काठमाडौं—राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनबाट पूर्ण रुपमा ननकोभिड सेवाहरु सुरु भएका छन् । ट्रमा सेन्टरले आइतबारदेखि पूर्णतया ननकोभिड सेवाहरु सुचारु गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

‘आइतबारदेखि पूर्ण रुपमा ट्रमा सेन्टरले ननकोभिड सेवा सुरु गरेको छ,’ उनले भने, ‘अहिले हामीले शल्यक्रियालगायतका सबै सेवाहरु सुचारु गरिसकेका छौं ।’ डा. पौडेलकाअनुसार उपचारका क्रममा कोभिड-१९ पोजेटिभ देखिएका बिरामीको व्यवस्थापन पनि सर्जिकल ब्लकमा भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरले कोभिड-१९ डेडिकेटेड अस्पताल हुँदा ५०५ जना अक्सिजन दिनुपर्ने बिरामीको उपचार गरेको थियो ।

यस्तै, वीर अस्पतालको पूरानो भवनबाट जनरल सेवाहरु सुचारु भएका छन् । अस्पतालका उपनिर्देशक डा. नवीन पोखरेलकाअनुसार वीरको पूरानो भवनबाट पूर्णतया ननकोभिड सेवाहरु दिन थालिएको छ । ‘हामीले वीरको पुरानो भवनबाट पूर्णतया ननकोभिड सेवाहरु सुरु गरेका छौं,’ उनले भने, ‘अब केही दिनमै जाइकाले बनाइदिएको नयाँ भवनलाई पनि ननकोभिड बनाउँछौं ।’

वीर अस्पतालले अहिले कोभिड-१९ का सबै बिरामीलाई सर्जिकल वार्डमा व्यवस्थापन गरेर उपचार गरिरहेको छ । कोभिड-१९ का केही बिरामी वीरको पुरानो भवनको पछाडि जाइकाले बनाइदिएको भवनमा भइरहेको छ । ती बिरामीहरुलाई पनि केही दिनमै सर्जिकल वार्डमा व्यवस्थापन गर्ने तयारी वीर अस्पताल व्यवस्थापनले गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय ट्रमा सेन्टर, #वीर अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ