२०८१ फागुन १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. भट्टचनको सरुवा १ महिनादेखि रोकियो सामान्यमा, टेरेन स्वास्थ्य मन्त्रालयलाई

डा. भट्टचनको सरुवा १ महिनादेखि रोकियो सामान्यमा, टेरेन स्वास्थ्य मन्त्रालयलाई


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ महिनाअघि गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिवका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको पत्र अलपत्र भएको छ ।

गत १० मंसिरमा संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्रीस्तरीय निर्णय गरी तीन महिनादेखि मन्त्रालयमा फाजिल रहेका डा. अनुज भट्टचनलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवको लागि सिफारीस ग¥यो । १२ मंसिरमा स्वास्थ्य मन्त्रालयले पठाएको पत्र संघीय मामिला मन्त्रालयमै हराए पछि १६ मंसिरमा डा. भट्टचन आफैले लगेर प्रशासन शाखामा दर्ता गराएका थिए ।

पत्रदर्ता गराएको १५ दिनसम्म पनि कुनै प्रक्रिया अगाडी नबढेपछि डा. भट्टचनले १ पुषमा संघीय मामिला तथा सामान्य प्रशासन सचिवको  सचिवालयमा दर्ता गरेका थिए ।

मन्त्री सचिवालयमा पत्रदर्ता गराएको १० दिन हुँदा पनि कुनै जवाफ नआएको डा. भट्टचन बताउँछन् । ‘स्वास्थ्यबाट निर्णय भएर पत्र गएको धेरै भयो,’ उनले भने, ‘यति लामो समयसम्म पनि कुनै जवाफ आएको छैन, छक्क परिरहेको छु ।’

लामो समयसम्म पनि पत्र रोकिएको विषयमा सामान्य प्रशासन मन्त्रालयका प्रशासन शाखा प्रमुख रघुराम विष्टसँग सम्पर्क गर्दा उनले आफुले आइतबारबाट मात्र जिम्मेवारी समालेका कारण पूर्ण जानकारी नभएको बताए । ‘मैले आइतबारदेखि मात्र जिम्मेवारी समालेको हुँ,’ उनले भने,’ के भएको छ बुझेर मात्र भन्न सक्छु ।’

सामान्य प्रशासन मन्त्रालय स्रोतकाअनुसार स्वास्थ्यबाट आएको सो निर्णय दर्ता हुने कामबाहेक अन्य प्रक्रिया अघि बढेको छैन । राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकका रुपमा काम गरिरहेका डा. भट्टचनलाई यसअघिका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले समायोजन ऐन विपरित कर्णली प्रदेश निर्देशनालयमा सरुवा गरेका थिए । ऐन विपरित सरुवा भए पछि भट्टचन कर्णाली नगइ मन्त्रालयमा नै हाजिर गर्दै आएका छन् ।

लामो समयदेखि फाजिलमा रहेका डा. भट्टचन पुनः स्वास्थ्य मन्त्रालय र सामान्यका उच्च अधिकारीको खेलोमा फस्न पुगेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ