२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसंक्रामक तथा सरूवा रोग अस्पताल विकास समितिका पदाधिकारी हटाइए

संक्रामक तथा सरूवा रोग अस्पताल विकास समितिका पदाधिकारी हटाइए


काठमाडौं—गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल विकास समितिका पदाधिकारी हटाउने निर्णय गरेको छ । शुक्रबार प्रदेश सरकारले अध्यक्षसहित ४ जनालाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले हटाइएको जनाएको हो ।

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा नियुक्त अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई कृष्णचन्द्र पोखरेल नेतृत्वको गठबन्धन सरकारले २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको थियो ।

१८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पस्टीकरणमा किन नहटाउने भनेर सोधिएको थियो ।

संक्रामक तथा सरूवा रोग अस्पतालका बर्खास्तीमा परेका अध्यक्ष प्रा.डा. पौडेलले सरकारको निर्णयविरूद्ध अदालत जाने बताएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ