२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसंक्रामक तथा सरुवा रोग अस्पताल अध्यक्षमा भण्डारी नियुक्त, भन्छन्, ‘चुनौती सामना गरेर अघि बढ्छु’

संक्रामक तथा सरुवा रोग अस्पताल अध्यक्षमा भण्डारी नियुक्त, भन्छन्, ‘चुनौती सामना गरेर अघि बढ्छु’


पोखरा—गण्डकी प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको व्यवस्थापन समितिका पदाधिकारी बर्खास्त गरेको गण्डकी प्रदेश सरकारले रविमोहन भण्डारीलाई अध्यक्ष नियुक्त गरेको छ । अन्य ३ पदाधिकारी दलगत भागबण्डामा नियुक्त भएका छन् ।

पब्लिक हेल्थमा स्नातकोत्तर गरेका भण्डारी तत्कालीन लेखनाथ लायन्स अस्पताल स्थापनाका चन्दादाता समेत रहेको बताइन्छ । सरकारी स्वास्थ्य सेवामा करिब १७ वर्ष बिताएका उनले सेभ द चिल्ड्रेनमा २३ वर्ष जनस्वास्थ्य विज्ञका रुपमा काम गरेका थिए ।

भण्डारीलाई ३ वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भण्डारीले सेवा वृद्धि र आम नागरिक आकर्षित गर्ने र भवन बनेपछि सेवा कसरी विस्तार गर्न सकिन्छ भन्ने कुरा छलफल गरेर कार्ययोजना बनाएर अघि बढ्ने उनले योजना सुनाए । उनले आफू अध्यक्ष हुँदा चुनौती रहेको र चुनौतीको सामना गरी अघि बढ्ने उल्लेख गरे ।

अस्पताल सिईओ मोडलमा पनि जाने र व्यवस्थापन समिति मोडल पनि हुने यो अवस्था अलि नमिलेको जस्तो उनलाई लागेको छ । ‘समितिको रोल अस्पतालमा लिडिङभन्दा पनि सपोर्टिङ खालको हुनेछ,’ उनले भने ।

एमाले सरकारले नियुक्त गरेका ४ पदाधिकारी हटाउने उद्देश्यले गण्डकी प्रदेश सरकारले गत चैत १८ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तोकिएको समयसीमाभित्रै तत्कालीन अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेलले स्पष्टीकरण बुझाएका थिए ।

पौडेलले प्रदेश सरकारले सोधेको स्पष्टीकरण दूराशयपूर्ण र राजनीतिक दाउपेच भएको भन्दै धारणासमेत सार्वजनिक गरेका थिए । त्यसलगत्तै बिहीबारको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो । तर, यसबारे शुक्रबारमात्रै सार्वजनिक भयो ।

यता, बर्खास्तीमा परेका अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेल स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पनि राजनीति चलखेल भएको भन्दै आफूहरु अदालत जाने बताइरहेका छन् । व्यवस्थापन समिति गठन आदेश बनेको ७ महिनापछि गठन भएको समिति १ वर्ष पूरा नहुँदै विघटन भएको छ । गठनादेशअनुसार समिति पदाधिकारीको कार्यकाल ३ वर्षको हुने र आफूहरुले पूरा कार्यकाल सेवा गर्न पाउनुपर्नेमा पौडेलले जिकीर उनले गरे ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ