२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशडाक्टर र कर्मचारीले काम गर्न नमानेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि आइतबार विदा

डाक्टर र कर्मचारीले काम गर्न नमानेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि आइतबार विदा

अर्काे हप्ताबाट ईएचएस सञ्चालन गरिने


पोखरा–गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सेवा हरेक शनिबार र आइतबार बन्द हुने भएको छ । नेपाल सरकारले १ जेठदेखि लागु हुने गरी आइतबार नियमित बिदा दिने निर्णय कार्यान्वयन गर्न बिदा दिइएको हो ।

१ जेठमा आइतबार अस्पताल खोलिएको भएपनि डाक्टर तथा कर्मचारीले सेवा दिन नमानेपछि बिदा दिने निर्णय गरिएको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले बताए ।

‘प्रशासनले सेवा दिने र अस्पताल खोल्ने भनेको थियो,’ उनले भने, ‘गएको आइतबार स्वास्थ्यकर्मी सरकारले दिएको सुविधा किन नदिने भन्दै काम नगरेपछि बन्द गर्न बाध्य भयौं । आम नागरिकलाई पर्नसक्ने असुविधाप्रति सरकारले पहिले नै सोच्नुपथ्र्यो ।’

निर्देशक डा. खत्रीकाअनुसार अर्काे आइतबारबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन गर्न गरिनेछ । ‘यो अलि महँगो पर्न जान्छ । यस्तै लगातार २ दिन बिदा हुँदा बिरामीलाई मर्का पर्नेतर्फ सरकारले वर्कवाउट किन नगरेको हो ?,’ उनले प्रश्न गरे ।

अस्पताल प्रशासन भने साउनबाट बिदा कार्यान्वयन गर्ने र एक्टेन्डेड हेल्थ सर्भिस दिएर बिदा कार्यान्वयन गर्ने तयारीमा थियो । स्वास्थ्यकर्मी तथा कर्मचारीले ५२ दिनको पेमेन्ट पाए काम गर्न तयार रहेको बताएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ