२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशढिलो गरी आयो अक्सिजन प्लान्ट, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण

ढिलो गरी आयो अक्सिजन प्लान्ट, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण


पोखरा—बतास अर्गनाइजेसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोभिड—१९ महामारीका बेला तत्काल ल्याउने भन्दै अभियान नै चलाएर बतासले विभिन्न व्यक्तिहरुको सहयोग उठाएको थियो ।

तर, समयमा उक्त अक्सिजन प्लान्ट नआएपछि बतासको आलोचना सुरु भएको थियो । ढिलै भएपनि अर्गनाइजेसनले अक्सिजन प्लान्ट ल्याएर बुधबार अस्पताललाई हस्तान्तरण गरेको हो । उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ । प्लान्ट जडान भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात हुनेछ ।

बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी कुल ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘रु. १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियानमा ३ करोड ४५ लाख १७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको अर्गनाइजेसनले जनाएको थियो ।

कोभिड—१८ महामारीका बेला नै ल्याइहाल्ने दाबीसहित अभियान चलाइएको भएपनि कोभिडको प्रभाव न्यून भएको अवस्थामा प्लान्ट आएको प्रति अर्गनाइजेसनले क्षमा मागेको छ । वि.सं. २०७८ सालको जेठमा नै फ्रान्समा प्लान्ट खरिद गरिसकेका तर ढुवानीमा समस्या भएको बतास फाउन्डेसनका नारायणप्रसाद पौडेलले बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ