२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशसंक्रामक तथा सरुवा रोग अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरू

संक्रामक तथा सरुवा रोग अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरू

डायलाइसिस गर्न बिरामीकै मृत्यु कुर्नुपर्ने बाध्यता अन्त्य गर्न चाहन्छौं स् डा. गौचन


पोखरा—गण्डकी प्रदेश मातहतको सरुवा तथा संक्रामक रोग अस्पतालमा निःशुल्क होमोडायलाइसिस सेवा सुरु भएको छ । सोमबारबाट अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु भएको अस्पतालका निर्देशक डा. विकास गौचनले जानकारी दिए ।

उनकाअनुसार सोमबार र मंगलबार ३÷३ जना गरिएको छ । बुधबार ४ जनाको डायलाइसिस गर्ने तयारी रहेकोे उनले जानकारी दिए ।
संक्रामक अस्पताललाई सबैभन्दा ठूलो डायलाइसिस केन्द्रको रुपमा विकास गर्ने गरी काम भइरहेको निर्देशक डा. गौचनले बताए । गण्डकीमा अहिले डायलाइसिस गर्नुपर्ने नयाँ बिरामीले सेवा पाउन पूराना बिरामीको मृत्यु कुर्नुपर्ने दुःखद् अवस्था छ ।

२५ शैय्याको डायलाइसिस सेवा दिने भनिएको भएपनि १२ शैय्याबाट सेवा थालिएको डा. गौचनको भनाइ छ । ‘गत आबमा ३० मेसिन खरिदका लागि गरिएको टेन्डर लागत स्टेमेटभन्दा बढी पेस गरेका कारण अन्तिम अवस्थामा खारेज गरिएको हो,’ उनले भने ।

१५ मेसिन खरिद गर्ने गरी टेन्डर गर्ने अन्तिम तयारी भइरहेको छ । डायलाइसिस सेवा नियमित र २५ शैय्यामा सञ्चालन गर्न ३० को हाराहारीमा नर्सिङ स्टाफ आवश्यक हुन्छ । हाल भइरहेका २० नर्सिङ स्टाफमा ११ जना थप गर्नुपर्ने निर्देशक डा. गौचन बताउँछन् ।

निजी अस्पतालमा एक पटक डायलाइसिस गर्न ६ देखि १० हजार लाग्छ भने महिनामा ८ पटकसम्म डायलाइसिस गर्नुपर्ने हुन्छ । यसरी हेर्दा आफ्नै खर्चमा डायलाइसिस गर्ने बिरामीले मासिक न्यूनतम ४८ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ । संक्रामक अस्पतालमा डायलाइसिस गर्दा लाग्ने खर्च निःशुल्क हुने छ भने कहिलेकाहीँ रगत जाँच गर्नुपर्ने भएमा त्यसबापतको खर्च पनि निःशुल्क गर्ने गरी छलफल भइरहेको डा. गौचनले जानकारी दिए ।

अस्पतालमा हाल २० जना नर्समध्ये १० जनामात्र यसबारेमा तालिम प्राप्त छन् । अस्पतालमा मिर्गौला रोग विशेषज्ञ पनि आवश्यक छ, यसअघि भएको पदपूर्ति सूचनाबाट पनि विशेषज्ञको पदपूर्ति हुन सकेको थिएन । अस्पताल फेरि मिर्गाैला विशेषज्ञ, बायोमेडिकल टेक्निसियन विज्ञापन गर्ने तयारीमा रहेको छ ।

प्रदेशभर अहिले २२ वटा डायलाइसिस मेसिन किनिएको थियो । जसमध्ये संक्रामक अस्पतालले १२ वटा प्राप्त गरेको हो । यसबाहेक स्याङ्जा, पर्वत, लमजुङ, तनहुँ, नवलपरासीपूर्वका अस्पतालमा २÷२ वटा मेसिन पठाइएको छ ।

गण्डकी प्रदेशमा विपन्न नागरिक कोषअन्तर्गत साढे ५ सय हाराहारीमा डायलाइसिसको पर्खाइमा छन् । निजी खर्चमा ३ सय ९३ जनाले डायलाइसिस गराइरहेका छन् भने प्रदेशभर साढे ९ सयलाई डायलाइसिस आवश्यक छ ।

डा. गौचन कतिपय अस्पताल मेसिन भएर पनि जनशक्ति अभावमा सेवा दिन नसकिएको अवस्था सुनाउँछन् । डायलासिस हप्तामा २ पटकसम्म हुन्छ । ‘डायलाइसिसका धेरै चाहिने जनशक्ति तालिमप्राप्त नर्सिङ स्टाफ हो । जनशक्ति भए अहिले संक्रामक अस्पतालमा ११ मेसिनबाट ३ सिफ्टमा दैनिक ३३ जनाको डायलासिस गर्ने क्षमता रहन्छ । एक सिफ्टमा ४ देखि ६ घन्टा समय लाग्छ,’ उनी भन्छन् ।

अस्पतालले सेवा दिन २ वटा एम्बुलेन्स भए पनि १ एम्बुलेन्स १० वर्षभन्दा पुरानो भएकाले सञ्चालन गर्न सकेको छैन ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ