२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा स्वास्थ्य तथा आयुर्वेदका अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर (सूचीसहित)

गण्डकीमा स्वास्थ्य तथा आयुर्वेदका अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर (सूचीसहित)


पोखरा—गण्डकी प्रदेश सरकारले स्वास्थ्य तथा आयुर्वेदका अधिकारीहरुको व्यापक हेरफेर गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को साउन ३२ को निर्णयअनुसार स्वास्थ्यकर्मी तथा कर्मचारी हेरफेर गरिएको हो ।

स्वास्थ्य तालिम केन्द्रका रमेशराज अधिकारी स्वास्थ्य निर्देशनालय, स्वास्थ्य निर्देशनालयका हेमन्त शर्मा पौडेल स्वास्थ्य तालिम केन्द्र पोखरा पुगेका छन् । लमजुङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्य क्षयरोग केन्द्र पोखरा सरुवा भएका छन् ।

मुस्ताङ अस्पतालका डा. विशाल तिवारी लमजुङ अस्पताल सरुवा भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका क्षयकुष्ट अधिकृत लक्ष्मण बसौला स्वास्थ्य कार्यालय कास्कीमा पुगेका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङका डा. शरद पन्थी धौलागिरी आयुर्वेदिक औषधालय बागलुङ सरुवा भएका छन् । धौलागिरीका डा. सरोजकुमार राय जिल्ला आयुर्वेद केन्द्र मुस्ताङ सरुवा भएका छन् भने जिल्ला आयुर्वेद केन्द्र मुस्ताङका डा. कमलराज अधिकारी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वत पुगेको छ ।

जिल्ला आयुर्वेद केन्द्र म्याग्दीका डा. मधुरजी ढकाल सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय तानिएका छन् ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ