२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमण्डिखाटार चोकमा अत्याधुनिक ‘क्लिनिक वान फार्मेसी’ संचालनमा

मण्डिखाटार चोकमा अत्याधुनिक ‘क्लिनिक वान फार्मेसी’ संचालनमा


काठमाडौं—जावालाखेल, भक्तपुर र मण्डिखाटारमा आधुनिक क्लिनिक संचालन गरिरहेको क्लिनिक वान चेनले मण्डिखाटारमा पहिलो ‘क्लिनिक वान फार्मेसी’ संचालनमा ल्याएको छ । दुई हप्ताअघिबाट अत्याधुनिक संरचनामा ‘क्लिनिक वान फार्मेसी’ संचालनमा ल्याइएको प्रबन्ध निर्देशक सन्तोष पौडेलले जानकारी दिए ।

‘क्लिनिक वान चेनले तीन वटा आधुनिक क्लिनिक संचालन गरिरहेको छ,’ उनले भने, ‘अब हामीले क्लिनिक वान फार्मेसी पनि सुरु गरेका छौं ।’ झण्डै ३० लाख रुपैयाँ लगानीमा ३ सय स्वाक्यर फिटमा संचालनमा ल्याइएको फार्मेसी डिपार्टमेन्टल स्टोरजस्तै घुम्दैं सहजै छानेर लिन मिल्ने गरी सेटअप गरिएको छ ।

मण्डिखाटार चोकको कुमारी मन्दिरको विपरित साइडमा रहेको फार्मेसीमा औषधिसँगै स्कीन, ब्युटी, कस्मेटिक र वेवी प्रडक्टहरुसमेत उपलब्ध छन् । ‘अहिले धेरै स्कीन प्रडक्ट, ब्युटी प्रडक्ट, कस्मेटिक प्रडक्ट, वेवी प्रडक्ट मार्केटमा पाइन्छन्,’ पौडेलले थपे, ‘तर कुन चाहिँ ब्राण्डेड हो र कुन डुप्लीकेट हो भनेर छुट्याउन ग्राहकलाई हम्मे पर्ने अवस्था छ । राम्रो ब्राण्डको प्रडक्ट ग्राहकलाई सहुलियत शुल्कमा उपलब्ध गराउने उद्देश्यका साथ हामीले फार्मेसी संचालनमा ल्याएका हौं ।’ अहिलेको आवश्यकता औषधिमात्रै नभएर दैनिक घरमा चाहिने ब्लड प्रेसर नाप्ने मेसिन, ग्लुकोमिटरलगायतका एसेसरिजहरु पनि फार्मेसीमा उपलब्ध हुने पौडेलले जानकारी दिए ।


क्लिनिक वान फार्मेसी ग्राहकलाई राम्रो ब्राण्डका हेल्थकेयर प्रडक्ट छानी—छानी उपलब्ध गराउनेछ । अहिले फार्मेसीमा १ हजारभन्दा बढी प्रडक्ट उपलब्ध छन् । तर, अझै पनि थुप्रै प्रडक्टहरु आउने क्रममा रहेको पौडेलले बताए । ‘यति हुँदाहुँदै पनि अझै केही प्रडक्ट नपाउने अवस्था हुन सक्छ । त्यस्तो प्रडक्ट हामी भोलिपल्ट उपलब्ध गराउनेछौं,’ उनले थपे ।

हाइजिनयुक्त क्लिनिकको व्यवस्थापन गरेर चर्चामा रहेको क्लिनिक वान चेनले संचालनमा ल्याएको फार्मेसीमा सुरक्षा मापदण्डहरुलाई प्राथमिकतामा राखिएको छ । तापक्रम, धुँलो, धुँवासमेतलाई मध्यनजर गरेर अत्याधुनिक संरचना फार्मेसी संचालनमा ल्याइएको हो ।

प्रबन्ध निर्देशक पौडेल

क्लिनिक वान फार्मेसीले ग्राहकले किनेको औषधि तथा प्रडक्टहरु रिटर्न लिने व्यवस्थासमेत गरेको पौडेलले जानकारी दिए । ‘कतिपय फार्मेसीले एक पटक किनिसकेपछि रिटर्न गर्दैनन्,’ उनले भने, ‘हामीले रिटर्न लिने व्यवस्था पनि गरेका छौं ।’ अहिलेका ग्राहकहरु धेरै सचेत रहेको उल्लेख गर्दै उनले आफूहरुले जेनयुन प्रडक्टका साथै रिजनेशल प्राइसमा औषधिलगायतका फार्मेसी प्रडक्टहरु उपलब्ध गराउने बताए ।

क्लिनिक वान फार्मेसीले विहान ७ बजेदेखि साँझ ९ बजेसम्म खुल्नेछ । यस्तै, शनिबार पनि फार्मेसीले सेवा उपलब्ध गराउने उनले जानकारी दिए । १ बैशाखबाट फार्मेसीको औपचारिक उद्घाटन गरेर थप भव्यताका साथ अगाडि बढाउने व्यवस्थापनको तयारी छ । क्लिनिक वान फार्मेसीलाई भविष्यमा चेनका रुपमा विस्तार गर्ने र अनलाइन फार्मेसी सेवा सुरु गर्ने योजना पनि रहेको पौडेले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #क्लिनिक वान फार्मेसी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ