२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबच्चा बोकेरै नागरिकको सेवामा अनमी नविता

बच्चा बोकेरै नागरिकको सेवामा अनमी नविता


जुम्ला—पचालझरना गाउँपालिका–४ कालिकोटकी ३० वर्षीया अनमी नविता उपाध्याय राम्नाकोटस्थित स्वास्थ्य चौकीमा कार्यरत छन् । उनको साथमा ११ महिनाको बच्चा छ ।

नविता बच्चा पिठ्युमै बोकेर बिरामी गर्भवती तथा सुत्केरी महिलाको सेवा गर्दै आएकी छन् । २२ चैत २०७३ मा जुम्लाबाट अनमी पदमो स्थायी नियुक्ति पाएकी उनले हुम्लाको सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा काम गरिन् ।

वि.सं. २०७५ सालमा सरुवा भएर कालिकोटको नरहरिनाथ गाउँपालिका स्वास्थ्य चौकी माल्कोटमा एक वर्ष सेवा गरिन् । वि.सं. २०७६ मा कर्मचारी समायोजनपछि पचालझरना गाउँपालिका स्वास्थ्य चौकी राम्नाकोटमा पदस्थापन भएकी हुन् ।

वि.सं. २०७९ फागुनमा प्रदेश अस्पताल सुर्खेतमा २१ दिने ग्रामीण अल्ट्रासाउन्ड तालिम लिए लगतै २६ चैतमा प्रदेश अस्पतालमा उनले बच्चा जन्माइन् । सुत्केरी अवस्थामा हुँदा पनि वि.सं. ०८० बैशाखदेखि ग्रामीण अल्ट्रासाउन्ड सुरु गरेर बैशाख, जेठ र असार महिनामा दुई सयभन्दा बढी गर्भवती महिलाको अल्ट्रासाउन्डबाट स्वास्थ्य परीक्षण गरिन् ।

केही त्यस्ता समस्या देखिएको गर्भवती महिलालाई जिल्ला अस्पताल कालिकोट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा सिफारिस गर्ने गरिएको उनले बताइन् ।

‘तीन वटा स्वास्थ्य चौकीमार्फत ८, ९ र १० गते ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम संचालन गर्ने गरेका छौं । स्वास्थ्य संस्था इमर्जेन्सी, आयुसिडी र इम्प्लाण्ट सेवा पनि प्रदान गर्दै आएका छौं,’ उनले भनिन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ