२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य१०१ वर्षीया चिनियाँ वृद्धाले ५ दिनमै जितिन् कोभिड-१९

१०१ वर्षीया चिनियाँ वृद्धाले ५ दिनमै जितिन् कोभिड-१९


१०१ वर्षीया एक चिनियाँ वृद्धाले कोभिड-१९ सङ्क्रमण भएर अस्पताल गएको ५ दिनमै सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएकी छिन् । ली थर भएकी उनी कोभिड-१९ सङ्क्रमण भएपछि विगत ५ दिनदेखि अस्पतालमा थिइन् । गोन्झाउ बसोवास गर्ने उनले आफू यत्ति चाँडो निको भएर अस्पतालबाट डिस्चार्ज हुँला भन्ने नसोचेको बताएको विदेशी सञ्चारमाध्यममा जनाइएको छ ।

ह्विलचेयरमा बसेकी १०१ वर्षीया वृद्धा लीले स्वास्थ्यकर्मीलाई आफूलाई पाँच दिनदेखि राम्रो हेरविचार गरेर निको पारिदिएकोमा धन्यवाद भनेकी छिन् ।

नोभेम्बर २१ देखि उच्च ज्वरो, खोकी, श्वास फुल्ने तथा अन्य समस्या देखिएपछि जाँच गर्दा उनमा कोभिड-१९ देखिएको थियो ।

सङ्क्रमण देखिएपछि एक शताब्दी पुरा गरिसकेकी उनलाई हतार-हतार आइसियुमा भर्ना गरिएको थियो । पुनः फर्किएको कोभिडको लहरमा ५ दिनको छोटो अवधिमै रोगबाट छुटकारा पाएकी उनी सुरुमा निकै खराब स्वास्थ्य स्थितीमा थिइन् । राम्रो हेरचाह पाएपछि उनी नोभेम्बरको २६ तारिखमा अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

विगत केही हप्तादेखि बढिरहेको कोभिड संक्रमणले हाल चीनमा निकै खराब स्थिति निम्त्याइदिएको छ ।


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ