२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअण्डा खानुका ७ फाइदाहरू

अण्डा खानुका ७ फाइदाहरू


अण्डा स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ । स्वास्थ्य रहनको लागि अण्डाको सेवन गर्नु आवश्यक छ । यसलाई नियमित रुपमा खाँदा धेरै फाइदा हुन्छ ।

एउटा उमालेको अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी ५, भिटामिन बी १२, भिटामिन २, फस्फोरस र सेलेनियमजस्ता धेरै क्याल्सियमहरु पाइन्छ । अण्डामा शरीरलाई चाहिने प्रोटिन र स्वास्थ बोसो पनि हुन्छ ।

१. मुटु रोगको जोखिम कम गर्छ
खराब कोलस्ट्रोल मुटुसँग जोडिएको हुन्छ । अण्डाको सेवनले खराब कोलेस्ट्रोलबाट छुटकारा दिन्छ । अण्डामा सेलेनियमको लागि आरडी आई हुन्छ । जुन एक शक्तिशाली एन्टी–इन्फ्लेमेटरी हो । सेलेनियमलाई खानामा समावेश गर्दा हृदयघातका कारण मृत्यु हुने सम्भावना ५० प्रतिशत कम हुन्छ ।

२. हड्डी बलियो बनाउँछ
अण्डामा पाइने प्रोटिन हड्डी स्वास्थ्यको लागि एकदमै राम्रो मानिन्छ । अण्डामा राख्ने प्रोटिन र क्याल्सियमले हड्डीको घनत्व र बलमा सुधार ल्याउँछ ।

३. मस्तिष्क स्वास्थ्य राम्रो हुन्छ
अण्डामा कोलिन पाइन्छ । कोलिनले मस्तिष्कको भ्रुण अवस्थादेखि वृद्धा अवस्थासम्मको लागि उपयोगी हुन्छ । हरेक दिन एउटा अण्डा खाँदा स्मरणशक्ति तेजिलो हुन्छ । अण्डा हप्तामा दुई वटा मात्र खाँदा पनि न्यूरोलोजिकल वृद्धि हुन्छ ।

४. स्वस्थ आँखा
अण्डामा ल्युटिन र जेक्सान्थिन पनि पाइन्छ । यिनीहरु एन्टीअक्सिडेन्टहरु हुन् । जसले आँखाको स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ । वृद्धा अवस्थामा आँखामा म्याकुलर डिजेनेरेशन हुन्छन् । एन्टीअक्सिडेन्टहरु आँखाको रेटिनामा जम्मा हुन्छन् र आँखालाई असर गर्ने डिजेनेरेटिभ प्रक्रियाको प्रतिरोध गर्छन् । नियमित रुपमा अण्डा खाँदा मोतियाबिन्दु हुने सम्भावना कम हुन्छ ।

५. कोलिनको राम्रो स्रोत
ऋण्डा कोलिन न्युट्रेसनको ठूलो परिमाण हो । यो शरीको धेरै कार्यहरु जस्तैः न्युरोजिकल विकास, मांसपेसी र तन्त्रिकाको लागि आवश्यक पर्छ । सुत्केरी महिलाहरुले कोलिन दिनमा ४२५ देखि ५०० मिलिग्राम लिनु पर्छ ।

६. स्तन क्यान्सरको जोखिम कम गर्छ
अण्डा स्तन क्यान्सर कम गर्ने एकदमै राम्रो स्रोत हो । अण्डामा पाइने कोलिनले स्तन क्यान्सरबाट बच्न मद्दत गर्छ ।

७. एमिनोस प्राप्त गर्छ
अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । शरीरलाई २१ एमिनो एसिड चाहिन्छ । ९ वटा शरीर आफैंले बनाउछ । बाँकी आहारबाट बनाउँछ । अण्डाले बाँकीको एमिनो एसिड बनाउन ठूलो सहयोग गर्छ ।


-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ