२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यभारतको लद्दाखमा तिलगंगा आँखा प्रतिष्ठानको शिविर

भारतको लद्दाखमा तिलगंगा आँखा प्रतिष्ठानको शिविर


काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठानले छिमेकी देश भारतमा तीन दिने आँखा शिविर सम्पन्न गरेको छ । भदौं १४, १५ र १६ गते प्रतिष्ठानले नेपाल आँखा कार्यक्रमअन्तर्गत भारतको लद्दाख जांगस्करस्थित कार्गिल जिल्ला अस्पतालमा शिविर सञ्चालन गरेको थियो ।

शिविर लिभ टु लङ्ग इण्डिया तथा स्थानीयको सहकार्यमा सञ्चालन भएको थियो । उक्त आँखा शिविरको नेतृत्व तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले गरेकी थिइन् ।

मोतीविन्दु शल्यक्रिया शिविरमा १८५ जनाको मोतिविन्दुलगायतको शल्यक्रिया तथा तीन हजारभन्दा बढी स्थानीय बासिन्दाहरुको आँखा परीक्षण गरिएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।

जागंस्कर, कार्गिल जिल्लाको अत्यन्त दुर्गम ठाँउको रुपमा रहेको छ जहाँ पुग्न लद्दाखको ले भन्ने स्थानबाट २ दिनको यात्रा तय गर्नुपर्दछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ