२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यमोबाइलमा रहेको नाइट मुड फिचर स्वास्थ्यको निम्ति हानिकारक !

मोबाइलमा रहेको नाइट मुड फिचर स्वास्थ्यको निम्ति हानिकारक !


अधिकांशको बानी हुन्छ, उज्यालो छेकेर सिरकमुनि बसी मोबाइल चलाउने । अझ हामीमध्ये कतिपयले बेलुकीको समयमा मोबाइल नाइट मुडमा पनि राख्ने गर्छाै । राती सुत्न सजिलो होस् भन्नको निम्ति हामी मोबाइलको स्क्रिनको उज्यालो कम पनि गराउँछौ । तर, हाम्रो लाख कोशिसको बाबजुद २/३ घण्टा बितिसक्दा पनि कहिलेकाहीँ हामी निदाउन सकिरहेका हुँदैनौ ।

अन्य समयको तुलनामा मोबाइलमा कम गरेको लाइट हाम्रो रात्रीकालीनको निम्ति उचित रहँदैन् । अझ युनिभर्सिटी अफ म्यानचेस्टरले पत्ता लगाएअनुसार हामीले गर्ने गरेको नाइट मुडले गर्दा अझ हामीलाई निन्द्रा नपर्ने हुन्छ । आखिर कसरी त?

वैज्ञानिक सिद्धान्तअनुसार आँखामा रहेको ‘मेलानोप्सिन’ नामक प्रोटिनले उज्यालोलाई तुरुन्त प्रतिक्रिया जनाउने भएकोले मोबाइलमा भएको पहेलो रंग (कम उज्यालो रंग)ले हामीलाई झन् लामो समयसम्म निन्द्राबाट टाढा रहन मद्धत गर्दछ । यसले आँखामा एक प्रकारको तंरग समेत पैदा गर्दछ । निष्कर्षमा भन्नुपर्दा छोटो समयको निम्ति आँखामा पैदा भएको तंरगले धेरै उज्यालोलाई घटाई मोबाइलको स्क्रिनलाई पहेंलो बनाउँछ । मोबाइलमा यस किसिमको फिचर (विशेषता) विशेषगरी राती निन्द्रा लागोस् भन्नका निम्ति ल्याइएको हो । यो व्यक्तिको मस्तिष्कसँग सम्बन्धित रहने भएकोले यसले केही हदसम्म काम पनि गर्दछ । तर, यससँगसँगै यो व्यक्तिको आँखा तथा शरीरको निम्ति हानीपूर्ण रहने तथ्य यससँग सम्बन्धित रहेको एक अध्ययनले पत्ता लगाएको छ ।

सामान्यतयाः हाम्रो आँखामा भएको रंग पत्ता लगाउने कोण कोषिकाहरुले हाम्रो मस्तिष्कमा प्रकाशको आधारमा दिन हो वा रात हो भनी जैविक संकेतहरु पठाउँछन् । यस अर्थमा स्क्रिन पहेलो रंगको उज्यालो भएको खण्डमा मस्तिष्कलाई दिउँसो हो भन्ने भान परेको कारण हामीलाई निन्द्रा नपर्न सक्छ । अध्ययनकर्ताहरुले यसको परीक्षण मुसामा गरेका थिए ।

अध्ययनमा अझै पनि केही सम्बन्धित विषयहरु पूर्ण रुपमा समावेश नभएकोले यसको अध्ययन अझ विस्तृत रुपमा गरिनुपर्ने देखिन्छ । यद्यपि, मोबाइल, अझ यसमा रहेको नाइट मुडमा रहेको मधुरो पहेंलो रंगले व्यक्तिलाई लामोसम्म निन्द्रा नलागी जागृत गराइ रहन मद्दत गर्दछ भन्ने कुराको पुष्टिको निम्ति भने कुनै पनि दुई मत रहेको देखिदैन । मोबाइलको लाइट अधिकतम् उज्यालो भएको खण्डमा यसले निन्द्रामा स्वतः प्रभाव पार्दछ नै यससँगसँगै यसमा रहेको नाइट मुड पनि स्वास्थ्यको दृष्टिकोणले अनुचित रहन्छ । त्यसैले राम्ररी पूर्ण रुपमा निदाउने हो भने रातिको समयमा मोबाइल नचलाउनु विज्ञहरुले सुझाव दिएका छन् ।

एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ