२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. निलम ठाकुरको सल्लाह : कसरी कम गर्ने वंशाणुगत समस्याको प्रभाव

डा. निलम ठाकुरको सल्लाह : कसरी कम गर्ने वंशाणुगत समस्याको प्रभाव


कुनै पनि शिशु जन्मिँदा उसले जन्मजात रुपमा आफ्नो आमाबावुमा भएको गुणहरु सँगै लिएर जन्मिन्छ । जन्मजात रुपमा नै कुनै पनि शिशुले आफ्नो आमाबाबु दुवैमा रहेको जीन बोकेर जन्मिएको हुन्छ । सोही कारण उसमा आफ्ना आमाबाबुसँग भएको वशांणुगत अवस्थाहरु देखा पर्दछ । यसरी ब्यक्तिमा आफ्ना आमाबावुसँग भएका विभिन्न अवस्थाहरु देखा पर्ने क्रममा केही अंश मानसिक अवस्थाहरु पनि स्वतः रुपमा देखा पर्दछ ।

हामीले देख्ने गरेका छौ, कुनै—कुनै व्यक्तिको भावनागत अवस्थाहरु (रिस, संवेदनशीलता, घमन्डीपन जस्ता आदि) आफ्ना आमाबाबुतर्फ मिल्दोजुल्दो हुन्छ । यस अर्थमा भन्नुपर्दा यो सो व्यक्तिले जन्मजात रुपमा बोकेर आएको आफ्नो आमाबाबुको क्रोमोजमको प्रतिफल हो ।
यसरी गर्भमा रहने क्रममा नै कुनै पनि महिला र पुरुषको क्रोमोजम एक आपसमा मिलेर नै शिशुको भ्रुण बन्दछ । र, सोही क्रोमोजमको मिश्रित रुप नै भ्रण अर्थात शिशु हो ।

यसरी क्रोमोजम एक आपसमा मिल्ने क्रममा उक्त शिशुमा उनको आमाबाबुमा रहेको शारीरिक तथा मानसिक अवस्थाहरु आंशिक रुपमा स्वतः देखा पर्दछ । यस अर्थमा ब्यक्तिमा देखा पर्ने प्रत्येक मानसिक डिसअर्डरहरु वशांणुगत अवस्थाकै कारण देखापर्छ भन्ने होइन । तर, यस्ता केहि मानसिक डिसअर्डरहरु पनि छन्, जुन ब्यक्तिमा आफ्नो वशांणुगत अवस्थाका कारण देखा पर्दछ । अल्जाइमर, डिम्नेसिया, एम्नेसिया, प्यारमेन्नजस्ता धेरै किसिमका मानसिक समस्याहरु अझ भन्ने हो भने न्यूरोसँग सम्बन्धित रहेका धेरैजसो समस्याहरु वशांणुगतको कारण नै देखा पर्दछ ।

रोकथाम तथा उपचार

हामी प्रत्येकले जान्नै पर्ने कुरा के हो भने हामीले वशांणुगत अवस्थालाई कुनै पनि उपचार प्रविधिद्वारा निर्मुल पार्न सक्दैनौ । तर, हामीले ती अवस्थाहरुलाई नियन्त्रण भने अवश्य गर्न सक्छौ । तसर्थ यसको निमित्त सर्वप्रथम हामीले आफ्नो आमाबाबुमा देखा परेको समस्याहरु आफूमा पनि देखा पर्न सक्छ भन्ने कुरालाई ध्यानमा राख्दै उनीहरुमा देखा परेको समस्या आफूमा छिटो देखा नपरोस् भन्नको निम्ति सोहि किसिमले आफ्नो खानपिन तथा रहनसहनमा ध्यान दिनुपर्दछ ।

कुनै पनि ब्यक्तिमा देखा परेको डिम्नेसिया तथा अल्जाइमरजस्ता मानसिक समस्याले उसको सन्तानलाई तीव्र रुपमा आक्रमण नगरोस् भन्नका निमित्त उनीहरुको खानामा ती समस्याहरु विरुद्ध लड्न सक्ने क्षमताको प्रदान गर्ने आहाराहरु समावेस गराउन सकिन्छ । यसका साथै उनीहरुलाई उक्त समस्याहरु विरुद्ध लड्न सक्ने शक्तिको प्रदान गर्ने योगा तथा विशेष किसिमको शारीरिक कसरतहरुमा संलग्न गराउनुपर्छ ।

यसरी गरिएका यस्ता क्रियाकलापले ब्यक्तिमा देखा परेको समस्या उनको सन्तानमा छिटो रुपमा नदेखिन मद्दत गर्दछ । तर, हामीले यस्ता विभिन्न उपायहरु अपनाउन सकेता पनि वशांणुगत अवस्थालाई भने पूर्ण रुपमा हटाउने वा त्यसलाई कम गर्न भने सक्दैनौ ।

कुनै पनि ब्यक्तिमा देखा परेको फरक किसिमको शारीरिक तथा मानसिक समस्या आफ्नो वंश अर्थात् परिवारसँग सम्बन्धित रहेको छ भने सो समस्या सोही परिवारको ब्यक्तिमा मात्रै देखा पर्न सक्छ ।

आफ्ना आमाबाबुमा देखा परेको समस्या आफूमा पनि छिट्टै देखा नपरोस् भन्नका लागि भने ब्यक्तिले सो समस्याको बारेमा पूर्व जानकारी हासिल गर्नुपर्दछ । यसका लागि ब्यक्तिले आफ्नो स्वास्थ्यको निम्ति आवश्यक जाँच पनि गर्न सकिन्छ । यसरी परीक्षणबाट प्राप्त पूर्व जानकारीमार्फत हामीले त्यस्ता समस्याहरु नदेखियोस् भन्नका लागि केहि हदसम्म भने सर्तक पनि रहन सक्छौं । तसर्थ, यो पनि वशांणुगत समस्याबाट छिटो शिकार हुनबाट बच्ने भरपर्दाे उपाय हो ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ