२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठयोगयदि आँखाको ज्योति कमजोर हुँदैछ भने दिनहुँ गर्नुहोस् यो योग 

यदि आँखाको ज्योति कमजोर हुँदैछ भने दिनहुँ गर्नुहोस् यो योग 


कम्प्युटर र मोबाइल आजको जीवनशैलीको अत्यावश्यक अंग बनिसकेको छ । यस्तो अवस्थामा कसैको आँखामा छाँया नपरोस् भनेर हरेक दिन आँखाको केही योगासन गर्न जरुरी छ ।

सबैभन्दा पहिले दुवै हातलाई अगाडि तिर राखेर घाँटीलाई सीधा राख्नुहोस् । घाँटीलाई सीधा राखेर, दुवै आँखा घुमाउँदा हातको औँलाको टुप्पोलाई हेर्नुहोस् । यस पछि, एक हात तल तिर र अर्को हात माथि तिर राख्नुहोस् । अब घाँटीलाई सीधा रेखामा राखेर आँखा घुमाउँदा एकपटक माथिल्लो हातमा र त्यसपछि तल्लो हातलाई हेर्ने । यो करिब दस देखि बाह्र पटक गर्नुहोस् ।

अर्को आँखा व्यायामको लागि, वरिपरि हेर्नुहोस् । एकपटक माथि, तल, त्यसपछि दायाँ र बायाँ । यो व्यायाम गर्दा हल्का सास फेर्नुहोस् । यसबाहेक घाँटीलाई सीधा रेखामा राखेर एकपटक माथि र एकपटक तल हेर्नुस् । यसरी करिब १० देखि १२ पटक यो अभ्यास गर्नुहोस् ।

ध्यान राख्नुहोस्, आँखामा समस्या छ भने शिरासन वा पेटको व्यायाम नगर्नुहोस् । अर्को व्यायाममा पचासदेखि सय पटक आँखा झिम्काउने र त्यसपछि तुरुन्तै दुवै हातको हत्केलामा रगडेर आएको तातोपन आँखामा राख्नुहोस् ।

त्यसपछि दुवै हातको औँला आँखामा राखेर केही बेर बस्ने । यो कार्य पाँच देखि सात पटक गर्नुहोस् । र फेरि एकपटक हत्केलाहरू रगड्नुहोस् र तिनीहरूलाई आँखामा राख्नुहोस् ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ