२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश सभाको चौथो अधिवेशन सुरु, जनकपुर प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने

प्रदेश सभाको चौथो अधिवेशन सुरु, जनकपुर प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने


आइसोलेसन र क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मर्म विपरित रहेको प्रदेश २ का मुख्यमन्त्री राउतद्धारा स्वीकारोक्ति, तिनै तहको सरकार बिचमा समन्वय र सहकार्यको अभाव कायमै

जनकपुर – प्रदेश २ प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु भएको छ । बुधबार दिउँसो १ बजे बोलाइएको चौथो अधिवेशनको पहिलो बैठकमा कोरोना महामारीका कारण समाजिक दुरी कायम गरिएको देखियो । समाजिक दुरी मिलाउदै प्लाष्टिकका कुर्सीहरुमा केहि सांसद, मुख्यमन्त्री र मन्त्रीहरुको सहभागितमा बैठक बसेको छ ।

अबिधेशनको पहिलो मन्तब्य सुरु गरेका मुख्यमन्त्री राउतले कोरोना संक्रमणका कारण मृत्युवरण गरेकाहरु प्रति श्रद्धाञ्जली र संक्रमितहरुको स्वास्थ्य लाभको कामना गरेका छन् । आइसोलेसन र क्वारेन्टाइनमा विभिन्न असुविधा र पिडाका बिच पनि सरकारको नियम पालना गरिरहेकाहरुलाई मुख्यमन्त्री राउतले धन्यवाद र शुभकामना व्यक्त गरे ।

देश बाहिरबाट आएकाहरुमा संक्रमणको सम्भावना धेरै रहेको भन्दै मुख्यमन्त्री राउतले उनीहरुलाई अहिले राखिएको विद्यालय, धर्मशाला सहितको सार्वजानिक स्थल र त्यसमा रहेको व्यवस्थाहरु वास्तवमै विश्व स्वास्थ्य संगठनको मर्म विपरित रहेको स्वीकार गर्दै अभावको यस अवस्थामा तिनै तहको सरकार बिचमा समन्वय र सहकार्यको आवयश्कता रहेको बताए ।

बाहिरबाट आएकाहरुको पिडा देखिन नसक्ने किसिमको रहेको उनले बताए । संघिय सरकारले अभिभावको भूमिका  निर्वाह गर्न नसकेको उनको अरोप छ । प्रदेश सरकार हरसम्भव प्रयास गरेको उनको दावी छ । करिब सय ३ सयको संख्यामा दैनिक संक्रमित बढिरहेपनि संघिय सरकार गम्भिर नभएको उनको आरोप । कोरोना नियन्त्रण र स्वास्थ्यको सवै पुर्वाधार तथा देश फर्केका बेरोजगारहरु नै अगामि बजेटको प्राथमिकता हुने उनले बताए ।

त्यसपछि बोलेका राजपा संसदिय दलका नेता तथा मन्त्री जितेन्द्र सोनलले कोरोना महामारीको नियन्त्रण, अहिलेको अव्यवस्था र वाहिर तथा देशभित्रका पनि जनताले भोग्न परेको पिडा नै बजेटको मुख्य अंश हुनुपर्ने बताए । त्यसपछि बोलेका नेकपाका सत्यनारायण मण्डलले प्रदेश सरकार कोरोना नियन्त्रण, आइशोलेसन तथा क्वारेन्टाइन व्यवस्थापनमा तदारुकता देखाउन नसकेको आरोप लगाए । उनले पनि अहिले कोरोनामै ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका थिए ।

त्यस लगतै सभामुख यादवले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवलाई अगामि बजेटको उद्देश्य, सिद्वान्त र कारण सम्बन्धमा बनेको प्रस्ताव पेश गर्न अनुमती दिएसंगै अर्थमन्त्री यादवले प्रस्ताव पेश गरे । मन्त्री यादवले बजेट नतिजामुखी बनाइने बताउदै कोरोना महामारी नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य सम्बन्धी मौलिक हकको परिपुर्ती सहित नै बजेटको मुख्य अंश रहने बताए ।

जोखिम न्युनीकरणका साथै गुणस्तरीय स्वास्थ्यका लागि भौतीक पुर्वाधार र जनशक्तीको निर्माण गरिने बजेटको उद्देश्य र सिद्वान्तहरु मन्त्री यादवले पस्तुत गरे । जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पनि बजेट केन्द्रित हुने उनको प्रस्तावमा थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ