२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि

एक महिला सहित पर्सामा थपिए १० जनामा कोरोना पुष्टि


जनकपुर – पर्सामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार  नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार थपिएका संक्रमित मध्ये   एक महिला र ९ जनामा पुरुष छन् ।  नयाँ पुष्टि भएका सबै संक्रमितहरुलाई वीरगञ्जको गण्डकमा रहेको अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा ल्याउने उनले जनाए  ।

नयाँ संक्रमित थपिएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ सय ५३ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ