२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २आवागमन नियन्त्रण गर्न वीरगन्जमा शनिबार देखि अनिश्चितकालिन निषेधाज्ञा

आवागमन नियन्त्रण गर्न वीरगन्जमा शनिबार देखि अनिश्चितकालिन निषेधाज्ञा


जनकपुर -वीरगन्जमा अत्यावश्यक सेवा वाहेक भोलि अर्थात साउन १०  गते भोलि देखि विहान ५ वजेदेखि लागु हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको वृहत सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि मानिसहरुको आवागमन र घुमफिर नियन्त्रण गर्न पर्छ । योसँगै परीक्षणको दायरा बढाएर संक्रमीतहरुलाई समाजबाट अलग राख्न सक्नु पर्छ । यसो गर्न स्थानीय प्रशासन र स्थानीय सरकारले आम नागरिकलाई सहयोग गर्नका लागि अपिल समेत गरेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ