२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीका संक्रमितको धनुषामा मृत्यु, सप्तरीमा मृतकको संख्या २२ पुग्यो

सप्तरीका संक्रमितको धनुषामा मृत्यु, सप्तरीमा मृतकको संख्या २२ पुग्यो


जनकपुर – सप्तरीमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाकाे राजगढ गाउँपालिका वडा न.–६ का ५९ वर्षीय एक पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

छातीमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। गएको मंगलबार मृत्यु भएको ती पुरुषको बुधबार आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो ।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ