२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २वीरगन्जमा थप १३ जना संक्रमण पुष्टि

वीरगन्जमा थप १३ जना संक्रमण पुष्टि


जनकपुर – पर्साकाे वीरगन्जमा थप १३ जना नयाँ कोरोना संक्रमित पुष्टि भएकाे छ। नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परीक्षणमा पर्साका ५ जना बाराका ७ जना र सर्लाहीका एकजना गरी १३ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताए ।

पर्साबाट संकलन गरिएको ५१ र बाराबाट संकलन गरिएको ४८ वटा स्वाबको पीसीआर परीक्षणमा ८ जना पुरुष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ र १० मा एक एक जना, वडा नखुलेका ३ जना गरी पाँचजना र बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा २ जना, वडा नम्बर ३ मा २ जना, वडा नम्बर १२ मा एकजना र वडा नम्बर नखुलेका जीतपुर सिमराकै एकजना तथा सर्लाहीका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसियाले बताए ।

यसअघि शनिबार चारजना बैंकका कर्मचारी सहित वीरगन्जमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ