२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नारायणी अस्पताल वीरगन्जमा अत्याधुनिक ‘अक्सिजन प्लान्ट’ निर्माण हुने

नारायणी अस्पताल वीरगन्जमा अत्याधुनिक ‘अक्सिजन प्लान्ट’ निर्माण हुने

२ करोड दिने सांसद श्रीवास्तवको प्रतिवद्धता


जनकपुर – पर्साको क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य बिमल श्रीवास्तवले नारायणी अस्पतालमा आधुनिक ‘अक्सिजन प्लान्ट’ स्थापना गर्ने घोषणा गरेका छन् । कुम्हालटोलस्थित निवासमा आयोजित बैठकमा प्लान्ट स्थापनाका लागि आफ्नो संसदीय विकास क्षेत्र कोषबाट २ करोड रुपैयाँ  विनियोजन गर्ने उनले घोषणा गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, प्रदेश सभाका सदस्य भिमाकुमारी यादव, जसपाका नेता रामनरेश यादव, अस्पताल विकास समितीका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जयकुमार ठाकुर, नेपाल पत्रकार महासंघका सभापति श्याम बञ्जारा, सञ्चारकर्मी महेश दास, चन्दन मिश्र लगायतको सहभागिता रहेको थियो ।

बैठकमा साँसद श्रीवासतवले नारायणी अस्पतालमा नयाँ र आधुनिक प्रविधियुक्त अक्सिजन प्लान्ट स्थपना गर्ने बताए । ‘अक्सिजन प्लान्ट’ स्थापना भए पश्चात अस्पताल सिलिण्डरको झनझटबाट मुक्त हुने उनको मत छ ।

सांसद् श्रीवास्तवले प्लान्ट निर्माणपछि प्रत्येक बेडमा पाइपको माध्यमले अक्सिजन पास हुने र आवश्यकता समाप्त भएपछि आफै बन्द हुने प्रबिधियुक्त मेसिन पनि जडान गर्ने बताए । प्लान्ट निर्माणको लागि आवश्यक पर्ने थप रकम वीरगञ्ज महानगरपालिकाले दिने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जनाए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ