×
२०७७ मंसीर ७, आईतबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश २धनुषामा काेराेना संक्रमणबाट वडाध्यक्षकाे मृत्यु

धनुषामा काेराेना संक्रमणबाट वडाध्यक्षकाे मृत्यु


धनुषा – धनुषामा कोरोना संत्रमणबाट वडाध्यक्षको मृत्यू भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको उपचारको क्रममा मृत्यू भएको हो ।

अचानक स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पतालमा लगिएको थियो । गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

नगर प्रमुख बालेश्वर मण्डलका अनुसार, बुधबार आफू भेट गर्न जाँदा चिकित्सकले भेटघाट गर्न नदिएको तथा उनलाई अन्य कुनै विरामी समेत नभएको जानकारी दिए । मेयर मण्डलले वडाध्यक्ष मोक्तानको मृत्यू भएको जानकारी दिएका छन् ।

अन्दाजी ५० बर्षिय वडाध्यक्ष मोक्तान वडा नम्बर ६ बाट तत्कालिन एमालेबाट निर्वाचित भएका थिए ।


क्याटेगोरी : प्रदेश २


तपाईको प्रतिक्रिया दिनुहोस