२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीको सिमरदहीमा कोभिड अस्पतालको स्थापना

महोत्तरीको सिमरदहीमा कोभिड अस्पतालको स्थापना


धनुषा – महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा कोभिड अस्पतालको स्थापना गरिएको छ ।  नेपाल सरकार तथा मटिहानी नगरपालिकाको सहयोगमा बिहिबार सिमरदहीस्थित स्वास्थ्य चौकीमा पाँच शैय्याको अस्पताल स्थापना गरिएको मटिहानी नगरपालिकाले जनाएको हो ।

कोभिड अस्पतालको एक समारोहबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले विधिवतरुपमा उद्घाटन गरेका छन् ।

वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पवन मण्डल, नागेश्वर पाण्डेय, दिनेश यादव लगायतको सहभागिता रहेका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ