२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २गर्भवती र सुत्केरी महिलालाई पौष्टिक आहार वितरण

गर्भवती र सुत्केरी महिलालाई पौष्टिक आहार वितरण


धनुषा – रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं. १ र २ मा  पोषणयुक्त समाग्री वितरण गरिएको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा लाइफ नेपाल जनकपुरले गर्भवती, सुत्केरी र ६ देखि २३ महिनासम्मका बालबालिकाहरुको लागि पौष्टिक आहार वितरण गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय रौतहट, राजदेवी नगरपालिकाको समन्वयमा संस्थाले पौष्टिक आहार वितरण गरेको हो ।कोभिड–१९ प्रभावित गर्भवती, सुत्केरी र ६ देखि २३ महिनासम्मको बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न नदिने उद्देश्यले पौष्टिक आहार वितरण गरिएको संस्थाका आसना चौधरीले बताइन ।

आपतकालीन पोषण कार्यक्रमको आयोजना गरी राजदेवी नगरपालिकाका वडा न. १ र २ का गर्भवती, सुत्केरी र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको चौधरीले बताइन ।

प्रदेश २ का आठै जिल्लामा पोषणको अवस्थालाई मध्यनजर गरी तत्काल रौतहट र सर्लाही जिल्लामा गर्भवती, सुत्केरी र बालबालिकालाई पौष्टिक आहार वितरण गर्न लागेको संस्थाका अध्यक्ष सुरैत ठाकुरले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ