२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नेपाल चिकित्सक संघ नारायणी शाखामा इ–लाइब्रेरीको स्थापना

नेपाल चिकित्सक संघ नारायणी शाखामा इ–लाइब्रेरीको स्थापना


विरगन्ज – नेपाल चिकित्सक संघ नारायणी शाखाले विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) को स्थापना गरेको छ । चिकित्सकहरुको लागि अधिराज्यमै पहिलोपटक नारायणी शाखाले इ–लाइब्रेरीको स्थापना गरेको शाखाका सचिव डा उदयनारायण सिंहले बताए।

आइताबार आयोजित इ–लाइब्रेरीको उद्घाटन समारोहमा बोल्दै डा. सिंहले भने, ‘पिजी र एमडी लगायतका तयारीको क्रममा चिकित्सकहरुलाई समय र पैसा दुइटै खर्च गर्नुपर्ने बाध्यता अब कम हुन्छ । केवल चिकित्सकहरुको सुविधाको लागि स्थापना गरिएको ई–लाइब्रेरी एकसाथ बीस जनाले प्रयोग गर्न सक्छन् ।’

डा.अरुण कुमार सिंहको अध्यक्षतामा समपन्न कार्यक्रमको प्रमुख अतिथिका रुपमा भारतीय वाणिज्यदुत नितेश कुमार रहेका थिए । भने कार्यक्रम सञ्चालन सचिव डा. सिंह गरेका हुन्।

सो कार्यक्रममा वाणिज्यदुत नितेश कुमारले चिकित्सकहरुको यस कदमलाई प्रशंसा गर्दै आवश्यक परे आगामि दिनमा सहायेग गर्ने प्रतिवद्धता व्यक्त गरे । डा.अरुण कुमार सिंहले चुनावको बेला मेनुफेस्टोमा उल्लेखित प्रतिबद्धताको सार इ–लाइब्रेरीको परिकल्पनाले पुरा गरेको बताए ।

कार्यक्रममा डा दिलिप चौरसिया, डा.सास्वत प्रसाद, डा.नौसाद हक, डा.फाहाद आलम, डा.गोरखनाथ मिश्र, डा रामकिशोर सिंह, डा कुशराज गिरी र डा मनोज गुप्ता लागायतका चिकित्सकहरुको सहाभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ