२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहामा एक संचारकर्मीले पनि लगाए कोरोना खोप

सिरहामा एक संचारकर्मीले पनि लगाए कोरोना खोप


धनुषा – सिरहामा एक संचारकर्मीले पनि कोरोना खोप लगाएका छन् । सरकारले कोरोना विरुद्धको खोप आजदेखि संचालन गरेको खोपअन्तर्गत नयाँ पत्रिका दैनिकका सिरहा संवाददाता सुरेन्द्र कामतिले खोप लगाएका हुन् ।

उनले जिल्ला अस्पताल सिरहामा खोपको लगाएका हुन् ।

विश्वभर फैलिएको कोरोना संक्रमणको फ्रन्टलाइनको रुपमा संचारकर्मीहरु समेत अहोरात्र खटेका थिए । कतिपय पत्रकारमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो  ।

त्यस्तै, प्रादेशिक अस्पताल जनकपुरका डा.रामज्ञान यादव र सिरहा अस्पतालका मेसु डा.नागेन्द्र यादवले समेत खोप लगाएका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले समेत खोप लगाएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ