२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २‘कोभिसिल्ड खोपले कोरोना विरुद्ध लड्न साहस दियो’

‘कोभिसिल्ड खोपले कोरोना विरुद्ध लड्न साहस दियो’


विरगन्ज – मोहम्मद मुख्यमन्त्री लालबाबु राउतले खोपले कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको बताए। बुधबार नारायणी अस्पतालमा कोरोना खोपको उद्घाटन समारोहमा बोल्दै उनले भारत सरकारले उपलब्ध गराएको खोपले कोरोनाविरुद्ध लड्न थप सहास मिलेको बताएका हुन्।

उनले भने, ‘प्रदेशमा कोरोना संक्रमण नियन्त्रणको कार्यमा सबै सरोकारवालाको अपेक्षाकृत साथ र सहयोग मिलेको छ। हामी कोरोनाले त्रसित र भयवित थियौ त्यो समयमा अग्रपंक्तिमा खटिनेहरुले साहस देखाएर काम गर्नुभयो।’

यस्तै, समारोहमा बोल्दै संसद क्षेत्र नम्बर १ का विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले विरगन्जबासी बाँच्ने वा मर्ने अवस्थाबाट गुज्रेको समयमा फ्रन्टलाइनरले सहास देखाएर कोरोना नियन्त्रण सफल पारेको स्मरण गरे ।

नारायणी अस्पतालमा कार्यरत स्टाफ नर्स हेमा थापालाई खोप लगाएर गएको बुधबार अभियानको शुभारम्भ गरिएको थियो । नर्स थापा विरगन्जमा पहिलोपटक ०७७ चैत २९ गते फेला परेका तीन जना भारतीय नागरिकको उपचारमा संलग्न नर्स हुन् । कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, संचारकर्मी तथा राजनीतिकर्मीहरुको उलेख्य सहभागिता रहेको थियो।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ