×
२०७८ वैशाख २३, बिहीबार
×
गृहपृष्ठप्रदेश २महोत्तरीको भंगहा नगरमा प्राथमिक स्वास्थ चौकी भवनको शिल्यान्यास

महोत्तरीको भंगहा नगरमा प्राथमिक स्वास्थ चौकी भवनको शिल्यान्यास


धनुषा – म्होत्तरीको भंगहा नगरपालिकामा प्राथमिक स्वास्थचौकी भवनको शिल्यान्यास गरिएको छ।  भंगहा नगरपालिका वडा नं ३ मा प्राथमिक स्वास्थ चौकी भवनको शनिबार शिल्यान्यास भएको हो ।

सो स्वास्थ चौकी निर्माणका लागि श्रवणकुमार साहले स्वर्गीय बुबाको स्मरणमा जग्गादान गरेका छन्। श्रवणकुमारले ५ कट्ठा उपलब्ध गराएको जग्गामा वडा कार्यलय र प्राथमिक स्वास्थचौकी भवन निर्माणको लागि एकैसाथ शिलान्यास गरिएको हो ।

नगर प्रमुख सन्जीब साहले जग्गादाताहरु स्वर्गीय महेश्वर साहको छोरा दबेन्द्र साह र राम नरेश साहलाई व्यक्तिगत तथा नगरवासीहरुको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

भंगहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वहितवा मियाले जग्गादातालाई धन्यवाद दिँदै वडा कार्यालय र प्राथमिक स्वास्थचौकी भवन छिट्टै निर्माण हुने जानकारी दिए । वडा कार्यालय र स्वास्थ चौकीको भवन शिलान्यास कार्यक्रममा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि , संचारकर्माी लगायतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रदेश २


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)