२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित ३ पदाधिकारी नियुक्त

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित ३ पदाधिकारी नियुक्त


धनुषा – प्रदेश २ सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ पदाधिकारीहरु नियुक्त भएका छन । मुख्यमन्त्री कुलपति रहने गरी प्रतिष्ठानका उपकुलपतिमा डा. राम केवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको हो ।

मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरेका छन् ।

नियुक्ति पत्र हस्तान्तरण पछि संचारकर्मीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ती सरकारका लागि गौरबको रुपमा रहेको बताए । नवनियुक्त पदाकिारीहरुको लागी अवसर र चुनौती दुवै रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसै वर्ष देखि एकेडेमिक सेशनहरु संचालन हुने विश्वास व्यक्त गरे  ।

प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको छ । कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्र प्रसाद साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ