२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोरोना संक्रमितको निःशुल्क उपचारको माग गर्दै नेविसंघद्धारा जनकपुरमा रिले अनसन सुरु

कोरोना संक्रमितको निःशुल्क उपचारको माग गर्दै नेविसंघद्धारा जनकपुरमा रिले अनसन सुरु


धनुषा – प्रदेश नम्बर २ सरकारको विरुद्धमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आजदेखि रिले अनसन सुरु गरेका छन् । नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ धनुषाले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा सहित विभिन्न माग राख्दै  बुधबारदेखि रिले अनसनमा बसेका छन् ।

नेविसंघले जनकपुरधामको जनक चोकमा बसेर विद्यार्थीहरुको समेत सहभागितामा अनसन थालेको छन् । कोरोना संक्रमणको दोस्रो लहरका कारण आमजनता उपचार अभावमा वञ्चित रहेको अवस्थामा सरकारलाई जिम्मेवारीबोध गराउने उद्देश्यले  आफूहरुले रिले अनसन  सुरु गरेको नेविसंघका पुर्व केन्द्रिय सदस्य संजिव कुमार यादव  बताए।

रिले अनसनकारीले कोभिड–१९ का बिरामीलाई निःशुल्क उपचार गर्न, अक्सिजन तथा अन्य स्वास्थ्य उपकरणको सुलभ व्यवस्था गर्न, अस्पतालको क्षमता बढाई जनशक्ति थप गर्न, प्रादेशिक अस्पतालको अक्सिजन सिलिण्डर र रेम्डेसिभिर औषधि निजी अस्पतालमा बेच्ने मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोदकुमार यादवलाई कारबाही गर्न माग गरेका छन् ।

यस्तै, उनीहरुले निषेधाज्ञाको नाममा कालोबजारी बन्द गर्न, मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नबल किशोर साहको राजीनामा लगायतका मागहरु राख्दै अनशन सुरु गरेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ