२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २रौतहटमा जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी

रौतहटमा जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी


धनुषा – प्रदेश २ को रौतहट जिल्लामा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय रौतहटले आज सूचना जारी गरी भोलि राति १२ बजेदेखि लागू हुनेगरी जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय गौरमा वसेको बैठकले जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । रौतहटका सिडिओ इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोकथामको लागि निषेधाज्ञा थप गरिएको बताए ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । सवारीका साधन संचालनमा समेत रोक लगाउने प्रशासनले निर्णय गरेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)