२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोभिड–१९ बाट एकैदिन धनुषाका पाँचजनाको मृत्यु

कोभिड–१९ बाट एकैदिन धनुषाका पाँचजनाको मृत्यु


धनुषा–कोभिड–१९ को संक्रमणबाट धनुषामा एकैदिन पाँचजनाको मृत्युु भएको छ । शनिबार प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा धनुषाका ५ जनाको मृत्युु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्यु हुनेमा बटेश्वर गाउँपालिका–३ का ३८ वर्षीय युवक, जनकपुरधाम उपमहानगरपालिका–९ की ६५ वर्षीया महिला, लक्ष्मीनिया गाउँपालिका–४ का ६५ वर्षीय पुरुष, जनकपुरधाम उपमहानगरपालिका–२२ कुर्थाका ६८ वर्षीया महिला र धनुषा कालिपुरका ७५ वर्षीय पुरुष रहेको निर्देशनालयका बरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवले वताए ।

लक्ष्मीनिया गाउँपालिकाका मृतक वृद्धको शवलाई जनकपुरका युवा नेता राकेश विक्रम साहको नेतृत्वमा व्यवस्थापन गरिएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)