२०७८ असार १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मिथिला नगरपालिकाको एउटै वडामा फेरि थपिए २२ कोभिड–१९ संक्रमित

मिथिला नगरपालिकाको एउटै वडामा फेरि थपिए २२ कोभिड–१९ संक्रमित


धनुषा–धनुषाको मिथिला नगरपालिका–११ मा फेरि २२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । १० वर्षीया बालिकादेखि ७१ वर्षीया वृद्धासम्म संक्रमित भएका हुन् ।

विहेका कारण उक्त वडामा संक्रमण फैलिएको छ । यसअघि ४६ जना एकैदिन संक्रमित भएका थिए । अहिलेसम्म एक सयभन्दा बढी संक्रमित भएका छन्, जसमध्ये एक जनाको मृत्यु समेत भइसकोको छ ।

संक्रमण फैलिएपछि सो वडामा त्रास फैलिएको छ । तापनि स्वास्थ्यकर्मीको टोली परिचालन नगरिएको स्थानीयको गुनासो छ । मेयर हरिनारायण महतोले संक्रमितको उपचारमा कुनै समस्या हुन नदिने प्रतिवद्धता जनाएका थिए ।

तर, मेयरले जनाएको प्रतिवद्धताअनुसार कुनै काम नगरेको स्थानीयले गुनासो गरेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)