२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्यदुर्गन्धित वीर्य वा यौन प्रसारित संक्रमणको संकेत ?

दुर्गन्धित वीर्य वा यौन प्रसारित संक्रमणको संकेत ?


पुरुषको शरीरमा थुप्रै रहस्मय कुराहरु लुकेका हुन्छन् । जसबारे अधिकांश व्यक्तिहरु अनविज्ञ रहेका छन् । ती थुप्रै रहस्यमध्ये वीर्य पनि एक हो । वीर्य पुरुषको जीवनको एक महत्वपूर्ण पाटोसँगै यसका अन्य थुप्रै रोचक जिज्ञासापुर्ण तथ्यहरु पनि रहेका छन् । के तपाईले याद गर्नुभएको छ, यसको गन्ध र स्वरुप फरक–फरक रुपमा देखिन्छन् ? यस विषयमा बोल्दै पुरुष रोग विशेषज्ञका एमडी फिजिसियन माइकल रिटानो भन्छन्, ‘पुरुषको वीर्य साँच्चै नै अनेकौ रहस्यमय तथ्यसँग जोडिएका छन् । जसले कुनै न कुनैतर्फ संकेत गरिरहेको हुन्छ ।

उनका अनुसार यस्ता छन् वीर्यसँग जोडिएका ती रहस्यमय रोचक तथ्यहरुः

वीर्य र शुक्राणु फरक–फरक हुन्

वीर्य र शुक्राणु एकै होइनन् । शुक्राणु टायपोल आकारको सुक्ष्म कोषिका हो । यो वीर्यको एक हिस्सा मात्रै हो । जसले महिलाको शरीरमा अण्डा निषेचित गर्दछ । तसर्थ शुक्राणु उक्त बिन्दुसम्म तरल पदार्थको माध्यमबाट पुग्दछ । जुन पुरुषको यौनाङ्गद्धारा निर्मित हुन्छ । यस्तै, एक स्वस्थ पुरुषले एकपटकमा ५ मिलिलिटर वीर्य स्खलन गर्छन् । जसमा ३० करोडदेखि ५० करोडसम्म शुक्राणु रहेका हुन्छन् ।

पोषणको मुख्य स्रोत

डा. रिटानोका अनुसार वीर्यमा भिटामिन सी, बी१२, एस्र्काेबिक एसिड, क्याल्सियम, फ्याट, सोडियम, जिंक तथा पोटासियम लगायतका सयौं भिन्न–भिन्न प्रकारका प्रोटिन रहेको हुन्छ । तर, यसो भन्दैमा आफ्नो पोषण तत्व घटाउन नहुने उनले बताए । यद्यपि यसको प्रयोग स्वास्थ्यको निम्ति हानिकारक भने मानिदैन ।

बढ्दो उमेरसँगै परिवर्तित हुन्छन्, वीर्यको गुणस्तरता

यो सत्य हो कि पुरुषमा आफ्नो जीवनकालको अन्त्यसम्म पनि वीर्य उत्पादन गर्ने क्षमता हुन्छ । तर, यो सदैव उत्तिकै व्यवहारिक भने रहदैन । यसबारे बोल्दै डा. रिटानो भन्छन्, ‘एक अध्ययनले पुष्टि गरे अनुसार, ५२ वर्षको उमेरपछि पुरुषको वीर्यमा युवाको जस्तो सामान्य हुदैन ।’ २० औ दशकको समयमा व्यक्तिले अत्याधिक वीर्य उत्पादन गरेता पनि त्यसपछिको उमेरमा भने त्यो क्षमता क्रमिक रुपमा घट्दै जान्छ ।

दुर्गन्धित वीर्य(पहेँलो रंगको वीर्य)

दूर्गन्धित वीर्य ठूलो समस्याको संकेत हो । प्रायजसोः यस्तो वीर्य, वीर्य संक्रमणका साथै यौन प्रसारित संक्रमणको समेत संकेत हुन सक्दछ । ‘यस्तो वीर्य विशेषगरी हरियो वा पहेँलो रंगको हुन्छ’ डा. रिटानोले भने । यस्तै कहिलेकाहिँ मुत्रनली वा प्रोस्टेटमा भाँचिएको रक्तवाहिनीका कारण वीर्य खैरो वा रातो रंगको पनि देखिन सक्छ ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ