२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठयौन स्वास्थ्ययौन विकारका लागि यी पक्षहरु जिम्मेवार, समाधानका उपाय यस्तो

यौन विकारका लागि यी पक्षहरु जिम्मेवार, समाधानका उपाय यस्तो


प्रमिल सबन्धले जोडीमा एकआपसको एक भावनात्मक सम्बन्धलाई अझ धेरै प्रगाढ बनाउन मद्दत गर्छ । तर यसको अभावमा भने जोडीबीच सदैव मनमुटाव उत्पन्न हुन्छ । तसर्थ, जोडिबीचको यस दरारको अन्त्यका निम्ति यौनसम्बन्ध एक गतिलो हतियारको रुपमा पनि लिइन्छ ।

यद्यपि विविध कारणवश् कहिलेकाहिँ यस सम्बन्धि पनि व्यक्तिमा अनेकौ समस्याहरु देखिन्छन् । तुलनात्मक रुपमा प्रजनन र महिनावारीका कारण महिलामा यौन समस्या बढि मात्रामा देखिएता पनि यौन सम्बन्धिका समस्या महिला र पुरुष दुवैमा देखिने एक साझा समस्या हो । बढ्दो उमेरक्रमसँगै व्यक्तिमा यौनसम्बन्धिका समस्या थुप्रै क्रमशः रुपमा देखा पर्दै जान्छ ।

कतिपय व्यक्तिहरु आफ्ना यस्ता समस्यालाई खुलेर बाहिर ल्याई यससम्बन्धि हल निकाल्न खोज्छन् भने केहि व्यक्ति भने यस्ता समस्याले आफ्नो पार्टनरसंगको सम्बन्धमा थप उत्तारचढाव आउने मानसिकता कारण यसलाई दबाएर राख्ने गर्छन् । जसकारण निकट भविष्यमा साना समस्याले पनि ठुलो रुपले लिने सम्भावना उच्च रहन्छ ।

यसैगरी केहि समस्या यस्ता पनि हुन्छन्, जुन लुकाउन पनि सकिदैन । यसअन्र्तगत सामान्यतयाः पुरुषमा उत्तेजना नहुने, शिघ्रपतन हुने र नपुंसकता, यौनइच्छा नरहनेजस्ता आदि यौन समस्याहरु देखापर्छ भने महिलामा भने यौनइच्छा नहुने वा सम्भोगका क्रममा यौनांग पोल्ने, यसैका कारण गन्हाउने पानी बग्ने र यौन सन्तुष्टि नहुनेस्ता आदि समस्याहरु देखा पर्छन् ।

यस्ता समस्या व्यक्तिमा विशेषगरीः निम्न कारण देखापर्दछः

  • यौनरोग
  •  मोटोपन
  • अन्य शारीरिक समस्या
  • विविध औषधीको सेवन
  • खानपिन
  •  निस्क्रिय जीवनशैली
  • अल्कोहोल एवम् नशाजन्य पदार्थको सेवन
  • शारीरिक निस्क्रियता
  • वशांणुगत गुण

समाधानका उपायहरुः

सर्वप्रथम त, व्यक्तिले के बुझ्नुपर्छ भने यौन व्यक्तिगत मात्र नभई तपाईको जोडीसँग अन्र्तनिहित सम्बन्ध हो । तसर्थ यससम्बन्ध तपाईलाई परेको समस्याबारे जानकार हुनमा तपाईको पार्टनरको पूरा हक रहन्छ । जसकारण पनि तपाईले यसबारे आफ्नो पार्टनरलाई खुलस्त रुपमा बताउनुपर्छ ।

यस्तै, यस्ता योन समस्या आफूमा के कारण देखा परेको हो भन्ने विषयमा दुवैजना मिलेर व्यक्तिगत रुपमा अध्ययन पनि गर्न सकिन्छ । यदि मोटोपन, गुणस्तरहिन जीवनशैली वा खानपिनको कारण भए यस्ता पक्ष व्यक्ति आफैले पनि समाधान गर्न सकिन्छ । तर, यसो गर्दागर्दै पनि यौनसम्बन्धि अन्य विविध समस्या देखिएम सम्बन्धित चिकित्सकको सल्लाह अनिवार्य रुपमा लिनुपर्दछ ।

-एजेन्सी


क्याटेगोरी : यौन स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ