२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती प्रादेशिक अस्पतालमा कोभिड १९को परीक्षण शुरू, एक घण्टामै रिपोर्ट आउने

सेती प्रादेशिक अस्पतालमा कोभिड १९को परीक्षण शुरू, एक घण्टामै रिपोर्ट आउने


धनगढी – सेती अस्पताल धनगढीमा बिहिवार साँझदेखि कोरोना भाइरस (कोभिड १९) परीक्षण शुरु गरिएको छ । कोरोना भाइरस (कोभिड १९ं)जाँच गर्ने मेसिनसहित मंगलवार नै धनगढी पुगेको विशेषज्ञ टोलीले परीक्षण शुरु गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका ‘मोलिकुलर माइक्रोबायोलोजिस्ट’ सुनिलप्रसाद लेखकले सेती प्रादेशिक अस्पतालका प्राविधिकहरुको सहकार्यमा कोरोना भाइरस परीक्षण गर्ने रियल टाइम पीसीआर मेसिन जडानको कार्य सकिएपछि परीक्षणको काम शुरु गरेको जानकारी दिए ।

एक जना शंकास्पद बिरामीको नमूना परीक्षण गरिरहेको बताउँदै लेखकले क्रमिक रुपमा एकरएक जनाको परीक्षण गर्ने बताए । परीक्षणको रिपोर्ट १ घण्टामा आउने बताइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ