२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज


धनगढी – सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । चौथो रिपोर्ट पनि नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका ९ का ४० बर्षीय पुरुषलाई अस्पतालले डिस्चार्ज गरिएको हो ।
उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो। सुदूरपश्चिममा कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय राज बिक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय अमृत शाहीलाई र कञ्चनपुरको बेदकोट नगरपालिका ९ का ४० बर्षीय पुरुष गरी ३ जनाको स्वास्थ्य अवस्था राम्रो भएपछि अस्पतालले डिस्चार्ज गरेको छ।
अब सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्बर  १ कि ५२ बर्षीय महिलाको उपचार भइरहेको छ।

क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ