२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : भौतिक पूर्वाधार र जनशक्ति नहुदाँ भेन्टिलेटर सञ्चालनमा आएनन्

सुदूरपश्चिम प्रदेश : भौतिक पूर्वाधार र जनशक्ति नहुदाँ भेन्टिलेटर सञ्चालनमा आएनन्


धनगढी –  आवश्यक भौतिक पूर्वाधार र दक्ष जनशक्ति नहुदाँ सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरी विभिन्न जिल्ला अस्पतालमा पु¥याइएका भेन्टिलेटरहरु सञ्चालनमा आउन सकेका छैनन् । भेन्टिलेटर सेवा सञ्चालनको लागि जिल्ला अस्पतालसँग भौतिक पूर्वाधार र जनशक्ति नभएकाले संचालनमा ढिलाइ भएको जिल्ला अस्पतालका अछामका प्रमुख डा. मनोज विष्टले बताए ।

कोरोना महामारी सुरु भइसकेपछि कोरोना संक्रमितको उपचारमा सहजताको लागि गत चैत २७ गते  २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णयअनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ५ करोड ६५ लाखमा २० वटा भेन्टिलेटर खरिद गरेको थियो ।

गत असोजमा खरिद गरिएको सो भेन्टिलेटर अझै जिल्ला अस्पतालमा नपुगेको डा. विष्ट बताउँछन । भेन्टिलेटर संचालनको लागि आवश्यक पर्ने अक्सिजन पाइपलाइन र अक्सिजन सिलिन्डर नभएको हुँदा  प्रदेश सरकारसँग थप बजेट माग भएको उनको भनाइ  छ  ।

त्यस्तै, जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सेवा संचालनको तयारी अवस्थामा रहेपनि सम्बधित सेवा विशेषज्ञ नभएको अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाले बताए । उनले भने, ‘अस्पतालमै भएका डाक्टरहरुले भेन्टिलेटर सेवा संचालन बारे तालिम लिईरहेको र सम्बधित सेवा विशेषज्ञको बिज्ञापन खोलेको र आवेदन दिन कोहि पनि आएनन्  ।’

यता, जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्त राज जोशीले आफु तिहार बिदामा भएकाले भेन्टिलेटर पुगे-नपुगेको कुनै जानकारी नआएको र संचालनमा कठिनाइ भैरहेको बताए । भेन्टिलेटर सेवा संचालनको लागि आइसीयु सम्बन्धि तालिम लिएका  २ जना मेडीकल अफिसर भएपनि उनीहरु सम्बन्धित सेवा विशेषज्ञ नभएको डा.जोशीको भनाइ छ।

सुदूरपश्चिम प्रदेशमा दिनप्रति दिन कोरोनाका गम्भीर प्रकृतिका विरामीहरु बढ्दै गएका छन् । उनीको उपचारमा आइसीयू र भेन्टिलेटर आवश्यक हुन्छ । तर, ती मेसिन जडानमा भएको ढिलाइले सर्वसाधारण अकालमा ज्यान गुमाउनुपर्ने या प्रदेश बाहिरको अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।

प्रदेशका जिल्ला अस्पतालमा अक्सिजन पाइप तथा अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित अस्पतालको नै रहेको प्रदेश स्वास्थ्य आपूर्ति  व्यवस्थापन केन्द्रका प्रमुख डा. निरज अर्यालले बताए । जिल्ला अस्पताल अछाम, बाजुरा, दार्चुलामा भौतिक पुर्वाधार निर्माणधिन अवस्थामा रहेकाले चाडै नै सेवा सुचारु गरिने डा.अर्यालले जनाए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ