२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा लक्ष्यको ८७.५५ प्रतिशतले खोप लगाए

सुदूरपश्चिम प्रदेशमा लक्ष्यको ८७.५५ प्रतिशतले खोप लगाए


धनगढी—सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको खोप अभियानअन्र्तगत प्रदेशभर २६ हजार ७ सय ४४ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म ८७ दशमलव ५५ प्रतिशतले खोप पाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा झण्डै २३ हजार ४ सय १७ जनालाई कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड लगाइएको छ ।

पहिलो चरणको पहिलो लक्षित समूह र पहिलो चरणकै दोस्रो लक्षित समूह समेत गरेर १९ हजार १ सय ९५ जना पुरुष र ४ हजार २ सय ७ जना महिलाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा सबैभन्दा धेरै ६ हजार ७ सय १० जनाले खोप लगाएका छन् । कञ्चनपुरमा ३ हजार ५ सय ३८, डोटी ३ हजार १६ जना, बैतडी १ हजार ८ सय ४५ जना, बझाङमा १ हजार ७ सय ७७ जनालाई खोप लगाइएको छ ।

यस्तै, अछाममा १ हजार ७ सय ९३ जना, दार्चुलामा १ हजार ७ सय ४६ जना, डडेल्धुरामा १ हजार ६ सय जना र बाजुरामा १ हजार ३ सय ८९ जनाले खोप लगाएका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ