२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशवडाले बाँडन थाल्यो प्रोत्साहन स्वरुप सुत्केरीलाई सरसफाई भत्ता

वडाले बाँडन थाल्यो प्रोत्साहन स्वरुप सुत्केरीलाई सरसफाई भत्ता


बझाङ-नेपाल सरकारले स्वास्थ्य संस्थामा आएर सुत्केरीलाई प्रोत्साहन रकम दिइरहेका बेला यहाँको एउटा वडा कार्यालयले पनि महिलाहरुलाई सरसफाई खर्च भनेर भत्ता दिन सुरु गरेको छ ।

वडाको वर्थिङ सेन्टर प्रसुति केन्द्रमा आएर सुत्केरी हुने महिलालाई प्रति महिना ३ सयका दरले एक वर्षसम्म ३ हजार ६ सय वडाले भत्ता दिन थालेको हो । यस्तो सरसफाइ भत्ता पाएपछि छविस पाथीभेरा गाँउपालिका–२ काम महिलाहरु खुसी भएका छन् ।
वर्थिङ सेन्टरमा सुत्केरी हुन आएका महिलाहरुले अहिले ३ हजार ८ सय पाउने गरेका छन् ।

स्थानीय पार्वती मण्डेलले भनिन्, ‘वडा कार्यालयबाट पनि सरसफाइ खर्च भनेर मासिक ३ सयका दरले वर्षको ३६ सय पाउँदा धेरै सहज भएको छ ।’

वडा नम्बर २ का वडा अध्यक्ष विकास ऐडीले नेपाल सरकार साथै जिल्लाले पनि पूर्ण सरसफाइमा जोड दिएको हुदाँ साबुन पानीले हातधुन र अन्य सरसफाईका लागि सुत्केरी भएका महिलालाई भत्ता दिने निर्णय गरेको बताए ।

वडा कार्यालयलले गत वर्ष वर्थिड सेन्टरमा आएर सुत्केरी आएका ४९ महिलालाई सरसफाई भत्ता वितरण गरेको छ । वडा कार्यालयमा एक औपचारिक कार्यक्रम गरी सुत्केरी आमालाई एक मुष्ट ३६ सय रकम दिएको हो ।

सरसफाई रकम गाउँपालिका उपाध्यक्ष राधिका रताला र वडा अध्यक्ष ऐडीले हस्तान्तण गरेका थिए । छविस पाथीभेरा गाँउपालिका–७ वडामध्ये वडा नम्वर २ मा मात्र यो कार्यक्रम लागु भएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ