२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा नेपाली सेनाको २५ शैय्याको फिल्ड अस्पताल संचालनमा

सुदूरपश्चिममा नेपाली सेनाको २५ शैय्याको फिल्ड अस्पताल संचालनमा


धनगढी–सुदूरपश्चिम प्रदेशको धनगढीमा नेपाली सेनाले २५ शैय्याको फिल्ड अस्पताल संचालनमा ल्याएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतनाले धनगढीको बोराडाँडीमा २५ शैय्याको अस्पताल सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।

अस्पतालबाट सुदूरपश्चिमका ४०/५० हजार जना नेपाली सेनामा कार्यरत कर्मचारी तथा पूर्व कर्मचारीसहित परिवारजनलाई उपचार सेवा दिने जनाइएको छ ।

उक्त अस्पतालमा सेवा सञ्चालन गर्न प्रदेश सरकारले ३० लाख रुपैयाँ सहयोग समेत गरेको छ । अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको हो ।

अस्पताल सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशका सैनिक र उनीहरूका परिवारको स्वास्थ्योपचारमा सहज पहुँच हुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ