२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशदार्चुलामा संस्थागत सुत्केरी बढ्दैं

दार्चुलामा संस्थागत सुत्केरी बढ्दैं


धनगढी-स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गर्भवती महिलाहरुको संख्यामा बृद्धि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङक अनुसार दुई वर्ष पहिले झण्डै ६२ प्रतिशत महिलाहरु संस्थागत सुत्केरी हुने गरेकोमा गत आर्थिक वर्ष २०७५/०७६ मा ६४.६ प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।

मातृ मृत्युदर र शिशु मृत्युदरलाई नियन्त्रण गर्न नेपाल सरकारले पूर्ण संस्थागत सुत्केरी अभियान सञ्चालन गरेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाहरुको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख शिवराज सुनारले जानकारी दिए ।

सरकारले संस्थागत सुत्केरी बढाउन यातायात खर्च वाफत ३ हजार रुपैयाँ, न्यानो झोला र गर्भावस्थामा ४ पटक स्वास्थ्य जाचँ गराएवापत थप ८ सय रुपैयाँ प्रोत्साहन रकम दिने गरेको छ ।

स्वास्थ्य संस्थाहरुको स्तरोन्नती र जनचेतना अभिवृद्धिसँगै संस्थागत सुत्केरी दर बढेपनि दक्ष जनशक्ति र स्रोत साधनको असुविधाका कारण जटिल प्रकृतिका गर्भवती महिलाहरु जिल्लाबाहिर रेफर गर्नुपर्ने बाध्यता कायमै रहेको छ ।

दार्चुलावासीले भारतको पिथौरागढ र तराईका जिल्लाहरुमा गएर सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन् । स्वास्थ्य कार्यालय दार्चुलाका तथ्याङक सहायक खगेन्द्र कार्कीका अनुसार देशभरिमा उत्कृष्ट ५ स्वास्थ्य संस्थामा पर्न सफल दार्चुलाका ९५ प्रतिशतभन्दा बढी बालवालिकाहरुले नियमित खोप पाएका छन् । ३८.५ प्रतिशत दम्पतीले परिवार नियोजन सेवा लिएका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ