२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशदार्चुलामा एक आमाले जन्माइन् तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा

दार्चुलामा एक आमाले जन्माइन् तीन छोरी, आमा र शिशुको अवस्था जोखिममा


दार्चुला- नौगाड गाउँपालिका-२ की २५ वर्षीया मानमती धामीले तीन छोरी जन्माएकी छिन्। सोमबार बिहान स्वास्थ्य चौकी खारको सुरक्षित प्रसुती (बर्थिङ) सेन्टरमा उनले बच्चा जन्माएकी हुन्।

उनले समय अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताइन्। उनले एक महिनाअघि नै तीन वटा बच्चा पाएकी हुन्। यसअघि धामीका एक ६ वर्ष र अर्को ३ वर्षकी गरि दुई छोरी छन् । नौगाड सुरक्षित प्रसुती गृहमा तीन बच्चा जन्मिएको यो पहिलो घट्ना हो । तीनै छोरीको तौल औसतमा कम छ। पहिलो पटक जन्मिएको छोरीको २ किलो तथा दुई छोरीको १ किलो २ सय ग्राम मात्र तौल रहेको ठगुन्नाले बताइन्। औसतमा बच्चा जन्मिदा ढाई किलोग्राम तौल हुने गर्छ।

अहिलेसम्म आमा र शिशुको अवस्था सामान्य रहेपनि जोखिम भने रहेको स्वास्थ्यर्कीको भनाइ छ। कम तौल तथा समयावधि अगावै बच्चा पाएका कारण स्वास्थ्य जोखिममा रहेको अनमी ठगुन्नाले बताइन्। ‘आमाको तल्लो पेट दुख्ने तथा रक्तश्राप नरोकिएको कारण खतरामुक्त छैन,’ उनले भनिन्।

दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा सुत्केरी आमालाई समस्या छ । यस्तै अक्सिजन मेसिन समेत छैन्। २४ सै घण्टा प्रसुती सेवा भएपनि उपकरण अभावमा समस्या भएको छ । सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान रेफर गरिएको भएपनि परिवारले आर्थिक अभाव देखाउदैं लगेको छैन्।

‘परिवारको आर्थिक अवस्था कमजोर छ, बाहिर लिन खर्च छैन’, मानमतीका श्रीमान मानसिह धामीले भने, ‘स्वास्थ्यकर्मीले बिहानै बाहिर लैजान भनेपनि लैजान सकिएको छैन्।’

नौगाड गाउँपालिकाका नायव सुब्बा नरेन्द्रसिह ठगुन्नाले महिला र नवजात शिशुको थप उपचारको लागि बाहिर लैजाने तयारी गरिएको बताए । सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले सुत्केरी महिलालाई एयरएम्बुलेन्समार्फत धनगढी लैजाने प्रक्रिया अगाडि बढाएको बताए।

मंगलबार बिहानसम्म उद्धार गर्ने तयारी भएको छ। प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले ढिलो गरी महिला नवजात शिशुको बारेमा जानकारी आएको कारण तयारीमा ढिलाई भएको बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ