२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमण बढ्दै

सुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमण बढ्दै


धनगढी – सुदूरपश्चिम प्रदेशमा कोभिड संक्रमणको ग्राफ उकालो लागेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला कोरोनाको ‘रेड जोन’ मा परेको छ । स्वास्थ्य निदैशनालयको तथ्याकं अनुसार दैनिक गरिएको परीक्षणमा कैलाली तथा कन्चनपुरमा संक्रमितहरु बढ्दै गइरहेका छन् ।

सेती प्रादेशिक अस्पतलमा सोमबार गरिएको परीक्षणमा १५६ नमुनामध्ये ८९ नमुना पोजेटीभ आएको अस्पतालले जनाएको छ । त्यस्तै, गत शनिबार गरिएको परीक्षणमा १८७ नमुना मध्ये १ सय ४ नमुना पोजेटीभ आएको अस्पतालले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा गरीएको १ सय ८५ नमुना परीक्षण गरीएकोमा १ सय ३ नमुना पोजेटीभ आएको स्वासथ्य निर्देशनालयले जनाएको छ।
रेड जोनमा रहेको कैलाली जिल्लामा ३ सय ८८ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै, कन्चनपुरमा १ सय १९ सक्रिय संक्रमित रहेका छन् ।

कोभिड परीक्षण गर्ने बढ्दै

भारतबाट घर फर्किनेहरुको सिामानाकामा रहेका हेल्थ डेस्कमा एन्टिजेन परीक्षण भइरहेको छ । कन्चनपुरको सिमाबाट आउने सबै व्यक्तिहरुको कोभिड परीक्षण भइरहेको स्वास्थ्य कार्यालय कन्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनले भने, ‘भारतबाट आउने नागरिकहरुले सिमामानाकामा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरी संक्रमित भएको पाईएमा महाकालि अस्पतालको आइसोलेसन वार्ड भर्ना गरीरहेको र साथै मलेरिया तथा क्षयरोग पनि परीक्षण भइरहेको छ ।’

‘रेड जोन’ मा रहेको कैलालीमा कोभिड परीक्षण गराउने र संक्रमितहरुको संख्या बढीरहेको स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख ललित भामिले बताए । उनले भने, ‘सिमा नाकामा एन्टिजेन परीक्षणको क्रममा पोजेटीभ आएको कनरीस्थित आइसोलेसनमा राख्ने गरिएको छ ।’

त्यस्तै, सेती प्रादेशिक अस्पतालमा दैनिकरुपमा कोरोना परीक्षण गराउनेको संख्या बढीरहेको छ । अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार अस्पतालमा कोहि मौसमी रुघाखोकीको लक्षण तथा स्व:स्फुर्त रुपमा कोभिड परीक्षण गर्न आउने र नमुनाहरु पोजेटिभ हुने दर पनि बढीरहेको छ । महामारी आउटब्रेक भएको हुदाँ मानिसमा सचेतना बढेको र आज ३ सय २९ जनाको परीक्षण गरीएकोमा १ सय ९९ संक्रमित पाईएको सुचना अधिकारी क्षेष्ठले बताए ।

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कोभिड–१९ फोकल पर्सन झरेन्द्र सिंहले सुदूरपश्चिममा नमुना संकलन तथा संक्रमित देखिने दर बढेकोबताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ