२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबजेट अभावमा बैतडीका आयुर्वेद औषधालयका सेवा बन्द

बजेट अभावमा बैतडीका आयुर्वेद औषधालयका सेवा बन्द


बैतडी—बाथरोगका बिरामीलाई मध्यनजर गरेर आयुर्वेद औषधालय मुस्याचौर र शाहीलेकमा सञ्चालन गरिएको पञ्चकर्म सेवाअन्तर्गत स्वदेन र स्नेहन सेवा बन्द भएको छ । कार्यक्रम ढिला आएकाले साउन १ गतेदेखि सो सेवा बन्द भएको आयुर्वेद औषधालयका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए ।

बजेटको अभावमा सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् । गाउँ नजिकैको आयुर्वेद औषधालयमा बाथरोगको उपचार पाएपछि खुशी भएका स्थानीयवासी सेवा बन्द हुँदा निराश भएका छन् ।

केही महिना सञ्चालन भएको पञ्चकर्म सेवाअन्तर्गतको स्नेहन र स्वदेन सेवा गएको साउनबाट बन्द हुँदा आफूहरूलाई समस्या भएको दशरथचन्द नगरपालिका– १ की हरिप्रिया भट्टले बताइन् ।

बाथरोगका बिरामीलाई मध्यनजर गरेर सुरु भएको सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । बजेटको अभावमा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न नसकिएको हो । नयाँ कार्यक्रममा स्वेदन र स्नेहन सेवा सञ्चालन गर्न बजेट आइसकेकाले तिहारपछि यो सेवा सञ्चालन हुने वरिष्ठ वैद्य कलौनीको भनाइ छ ।

लामो समयसम्म औषधिको प्रयोग गर्नुपर्ने र आयुर्वेद औषधिको साइड इफेक्ट नहुने भएकाले पञ्चकर्म सेवा उपयुक्त मानिन्छ । पञ्चकर्म सेवा सुरु गर्न सके लामो समयदेखि दम, बाथरोग, गठियावादलगायतका बिरामीलाई सजिलो हुने गर्दछ । बैतडीको मेलौली, मुस्याचौर र शाहीलेक गरी तीन स्थानमा आयुर्वे्दिक औषधालय रहेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ