२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकैलालीको अत्तरियामा १८ जनाद्धारा सामूहिक आँखा दान

कैलालीको अत्तरियामा १८ जनाद्धारा सामूहिक आँखा दान


धनगढी-कैलालीको अत्तरियामा १८ जनाले सामूहिक रुपमा आफ्नो आँखा दान गरेका छन् । शुक्रबार अत्तरियामा आयोजित आँखादान , छालादान , रक्तदान , जलन सम्बन्धि जनचेतना मुलक कार्यक्रममा अत्तरिया , धनगढी र टिकापुर क्षेत्रमा रहेका बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध पदाधिकारी र अन्य सर्वसाधारण गरि १८ जनाले सामुहिक रुपमा आफ्नो आँखा दान गरेका हुन् ।

आँखा दान गर्नेहरुमा अत्तरिया युवा ब्यबसायी , लाईन्स क्लव अफ अत्तरिया सिटिका अध्यक्ष प्रमोद अधिकारी , कैलाली उधोग बाणिज्य संघका सचिव सिद्धराज पनेरु, गोदावरी चेम्बरका माहा सचिव लिलाराम सापकोटा , साधनापथ एकेडेमीका प्रिन्सिपल लोकराज उपाध्याय , भिप्लभ हुमन केयर गुप्रका सदस्य सविता चौधरी , यसोदा चौधरी , हरिश पाठक , दिपेन्द्र मल्ल , सुखदेव सिं , रोसनि चौधरी , रत्ना चौधरी , राजेस चौधरी , लगायत रहेका छन् । भिप्लब हुमन केयर गुप्रको आयोजना र गोदावरी चेम्बर अफ कमर्स र लाईन्स क्लब अफ अत्तरिया सिटिको सह आयोजनामा आँखा दान , छालादान , रक्तदान , जलनसम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो उक्त कार्यक्रमका प्रशिक्षकमा साधुराम महर्जन रहेका थिए ।

गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले स्वागत मन्तव्य राखेको कार्यक्रममा लाईन्स क्लव अफ अत्तरिया सिटिका अध्यक्ष प्रमोद अधिकारिले सहभागी र सहयोगिमा सबैलाई धन्यबाद दिए । कार्यक्रमको संचालन भिप्लभ हुमन केयर गुप्रका सार्थक सदस्य लोकराज उपाध्यायले गरेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ